एनआरएनलाई फुटबाट जोगाएर एक ढिक्का बनाउन मेरो उम्मेदवारी : रोविन शेरचन « Khabarhub

एनआरएनलाई फुटबाट जोगाएर एक ढिक्का बनाउन मेरो उम्मेदवारी : रोविन शेरचन


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका प्रत्यासी रोविन शेरचनले एनआरएनएलाई एक सूत्रमा बाँध्न आफूले नेतृत्वमा दाबी गरेको बताएका छन्। 

कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद् र कास्की पोखरा समाज जापानद्वारा आइतबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै शेरचनले पछिल्लो समय संस्थामा मौलाएको समानान्तर कमिटी गठन गर्ने र विभाजन गर्ने प्रवृत्तिले गैरआवासीय नेपालीका मुद्दाहरू कमजोर बनेकोमा चिन्ता व्यक्त गरे ।

शेरचनले भने, ‘अहिले हामी बाह्रौँ अधिवेशनको संघारमा छौँ। विगतमा निर्वाचन प्रक्रियालाई लिएर भएका असमझदारी र बारम्बारको फुटले संस्था नै धराशायी बनेको मैले महसुस गरेको छु। यस्तो अवस्थामा सबै साथीहरूलाई सकारात्मक सोचका साथ एउटै संगठनमा अटाउने वातावरण बनाउनु मेरो पहिलो प्राथमिकता हो।’

उनले संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर इमानदार नेतृत्व र सकारात्मक परिवर्तनका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए।

शेरचनले आफ्नो चुनावी अभियानका क्रममा विश्वभर छरिएका नेपालीहरूसँग साक्षात्कार गर्न आगामी शुक्रबारदेखि न्युयोर्क, डालस, टोरन्टो, युरोप र मध्य पूर्वका देशहरूको भ्रमण गर्ने र मार्च ८ सम्ममा नेपाल पुग्ने जानकारी समेत दिए।

कार्यक्रममा महासचिवका उम्मेदवार रहेका वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले संस्था जोगाउनका लागि उपयुक्त पात्रले अबको नेतृत्व लिनुपर्ने बताए ।

कार्यक्रममा कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिव बानियाँ र कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बाँस्तोलासहित अग्निधर देवकोटा, केदार कुँवर, तिलक चालिसे, सविन पौडेल, तीर्थ भण्डारी, अञ्जु भण्डारी, सञ्जीव श्रेष्ठ, रवीन बज्राचार्य, सन्तोष तिमल्सिना, विमल सुवेदी, बाबा राजेश्वरी थापा, राजेन्द्र गौतम र मोहन घले लगायतले रोविन शेरचनको उम्मेदवारीप्रति ऐक्यबद्धता जनाउँदै शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : ०२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर