हरेक मतदान बुथमा एमालेबाट ३० जना भोलेन्टियर्स फोर्स खटिने « Khabarhub

हरेक मतदान बुथमा एमालेबाट ३० जना भोलेन्टियर्स फोर्स खटिने


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा, दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले सोमबार दमकमा आयोजित नेशनल भोलेन्टियर फोर्सको कोशी युनिफाइड कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै पार्टीका युवा स्वयंसेवकमार्फत गाउँ–गाउँ र टोल–टोलमा सुरक्षा समिति गठन गर्न निर्देशन दिएका छन्।

ओलीले नेशनल भोलेन्टियर फोर्सले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न भूमिका खेल्ने बताए।

उनले भने, ‘कम्तीमा ३० जना स्वयंसेवकलाई प्रत्येक मतदान बुथमा खटाएर निर्वाचन सुरक्षा कायम गरिन्छ। उपद्रो र आतंक फैलिन नदिन यो फोर्स निर्माण गरिएको हो।’

उनले विगतका हिंसात्मक घटनाहरुको स्मरण गर्दै सर्वोच्च अदालत र अन्य सरकारी संरचना जलेको भन्दै यस्तो दोहोरिन नदिन स्वयंसेवकहरुलाई सक्रिय बनाइने बताए। उनले प्रहरीको हतियार कब्जा गर्न दिइने छैन र हिंस्रक गतिविधि नियन्त्रण गर्न फोर्स जिम्मेवार रहने स्पष्ट पारे।

अध्यक्ष ओलीले निर्वाचनका क्रममा स्वतन्त्र भोटिङ सुनिश्चित हुने भन्दै बुथ कब्जा गर्ने कुनै प्रयास सफल नहुने चेतावनी दिएका छन्। उनले रास्वपा नेताहरूमाथि पनि कटाक्ष गर्दै भने, ‘प्रधानमन्त्री बन्ने भनेर घोषणा गर्न सकिन्छ, तर भइहाल्ने होइन।’

ओलीले आफू स्पष्ट योजना र गन्तव्यसहित अघि बढेको जिकिर गर्दै पार्टीको युवा स्वयंसेवक मार्फत निर्वाचन सुरक्षा र शान्ति कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : २१ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ