परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा « Khabarhub

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले परिवर्तनको एजेन्डा बोकेर आफूहरू जनताको माझ आएको बताएका छन् । 

सोमबार काठमाडौंमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले यसपटकको चुनाव यथास्थितिवादी (संघीय धर्मनिरपेक्ष गणतन्त्र पक्षधर) र परिवर्तनकारी (हिन्दू राष्ट्र र राजसंस्था पक्षधर)विचार र शक्तिको बीचमा हुन लागेको भन्दै आफू परिवर्तनको एजेन्डा बोकेर जनताको माझमा आएको बताएका हुन् । 

अहिलेको निर्वाचन जेन-जी आन्दोलनको जगमा हुन लागेकाले युवाहरूको भ्रष्टाचारको अन्त्य र सुशासनमा माध्यमबाट देशको आर्थिक समृद्धिको मागलाई राप्रपाले अघि बढाउने उनले बताए । उनले शिक्षा, स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्ने समेत आफूहरूको एजेन्डा रहेको उल्लेख गरे । 

थापाले जनताहरू समेत परिवर्तनको पक्षमा रहेकाले सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्ने आफूहरूको अभियानमा साथ प्राप्त हुने जिकिर गरे । 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : ३३ बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण