देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार « Khabarhub

देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत् गगनकुमाार थापाले सभापतिबाट बिदा गरेसँगै पूर्वनेता कर्ण मल्ल नेपाली कांग्रेसमा फर्किन तयार भएका छन् ।

देउवासँगको टसलका कारण कांग्रेस छाडेर नेपाली कांग्रेस (विपी) बनाएका मल्लसहितका नेताहरू पुरानै घरमा फर्किन तयार भएका हुन् ।

नेपाली कांग्रेस बीपीले सातौँ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विषम परिस्थितिपछि विधिसम्मत अधिवेशनको पक्षमा उभिएका नेता र कार्यकर्ताहरूको सहभागितामा नयाँ पार्टी बनाएको बताएका छन् ।

पार्टीले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको अहम भूमिका रहने बताउँदै, जननायक बीपी कोइरालाद्वारा स्थापित नेपाली मौलिक प्रजातान्त्रिक समाजवादको सिद्धान्तअनुसार पछिल्ला दुई निर्वाचनमा भाग लिएर जनमत प्राप्त गरेको पनि जनाएको छ ।

बीपी कांग्रेसले सोमबार जारी गरेको पार्टी कांग्रेसद्वारा एकतासम्बन्धी गरेको आह्वानप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख जनाएको छ।

पार्टीले सातौँ जिल्ला अधिवेशनमा सहभागी हुन नसकेर हाल बीपी कांग्रेसमा संगठित नेता–कार्यकर्तालाई पुरानै पार्टीमा जोडिन गरेको आह्वानलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

जिल्ला सभापति भरत नेपालीले भनेका छन्, ‘पार्टी एकताका लागि आवश्यक छलफल र प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस डडेल्धुरा र केन्द्रीय समितिलाई हार्दिक अनुरोध गर्दछौँ।’

यससँगै कुनै बेला देउवाकै सहयोगी रहेका मल्ला करिब ५ वर्षपछि कांग्रेसमा फर्किन तयार भएका छन् ।

यसअघि आइतबार कांग्रेस डडेल्धुराले एकताको आह्वान गर्दै सातौँ जिल्ला अधिवेशनमा सहभागी हुन नपाएका तत्कालीन  सभापति कर्णबहादुर मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायतलाई सक्रिय हुन आग्रह गरेको थियो।

डडेल्धुरा जिल्लाका सभापति भीमबहादुर साउदले सबै नेता, कार्यकर्ता र सदस्यलाई साझा रणनीतिमा गोलबद्ध भएर प्रतिनिधि सभा सदस्यका उम्मेदवार नैनसिंह महर र कांग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए ।

उनीहरू सबैजना जिल्ला अधिवेशनमा आफूहरूलाई बाइपास गरिएको भन्दै कांग्रेसबाट बाहिरिएर ठूलो संख्याका कार्यकर्तासहित नेपाली कांग्रेस (बीपी) मा सक्रिय भएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : ४१ बजे

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा