इनड्राइभले आयोजना गर्‍यो ‘काठमाडौं क्लिन एयर डायलोग’ « Khabarhub

इनड्राइभले आयोजना गर्‍यो ‘काठमाडौं क्लिन एयर डायलोग’


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनड्राइभले ‘काठमाडौं क्लिन एयर डायलोग आयोजना गर्दै उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित, दिगो र कार्यान्वयनयोग्य उपाय खोज्न सरोकारवालालाई एउटै मंचमा ल्याएको छ । 

कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञहरू, अनुसन्धान संस्था, नागरिक समाजका प्रतिनिधि तथा निजी क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कम्पनीका अुनसार यस संवादको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीको विषयका रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा आधारित निर्णय प्रक्रिया र ठोस कार्ययोजनातर्फ अगाडि बढ्नु हो । 

सहभागीहरूले हालको वायु गुणस्तर अवस्था, प्रदूषणका प्रमुख स्रोतहरू, विद्यमान नीति तथा कार्यक्रमहरूको प्रभावकारिता, र कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे गहन तथा परिणाममुखी छलफल गरेका थिए ।

काठमाडौं क्लिन एयर डायलोग चार प्रमुख उद्देश्यहरूमा केन्द्रित थियो:
१. उच्च–स्तरीय सरोकारवाला समन्वय
सरकारी निकाय, विकास साझेदार, अनुसन्धान संस्था तथा निजी क्षेत्रबीच स्पष्ट भूमिका र जिम्मेवारीसहितको प्रभावकारी समन्वय संयन्त्र स्थापना गर्ने ।
२. वर्तमान अवस्थाको समग्र नक्साङ्कन
काठमाडौँ उपत्यकामा वायु गुणस्तरको वर्तमान अवस्था, प्रमुख प्रदूषण स्रोतहरू (जस्तैः यातायात, उद्योग, निर्माण गतिविधि, र घरेलु इन्धन प्रयोग) तथा लागू भएका नीतिहरूको समीक्षा गर्ने ।
३. अवरोधहरूको पहिचान र रणनीतिक समाधान
नीतिगत, संरचनागत र व्यवहारगत अवरोधहरू पहिचान गरी व्यावहारिक, चरणबद्ध र दिगो समाधानहरू प्रस्ताव गर्ने ।
४. निजी क्षेत्रको सक्रिय सहभागिता प्रवद्र्धन
नवप्रवर्तन, प्रविधिको प्रयोग, विद्युतीय तथा दिगो यातायात प्रणालीको विस्तारमार्फत निजी क्षेत्रलाई वायु प्रदूषण न्यूनीकरणका पहलहरूमा सक्रिय रूपमा संलग्न गराउने वातावरण सिर्जना गर्ने ।

प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री माधव चौँलागाईले सरकारले हालसम्म गरेका प्रगतिहरूलाई उल्लेख गर्दै आगामी दिनमा अझ तीव्र, समन्वित र परिणाममुखी कार्यको आवश्यकता औँल्याए । उनले साझा लक्ष्यका लागि विभिन्न सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउन पहल गरेकोमा इनड्राइभ तथा एएआईको प्रशंसा गरे  ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : ५२ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी