महानगर र उपमहानगरमा घरजग्गा कारोबार गर्न ३६ कम्पनीले पाए अनुमति, फागुन २५ देखि अनिवार्य « Khabarhub

महानगर र उपमहानगरमा घरजग्गा कारोबार गर्न ३६ कम्पनीले पाए अनुमति, फागुन २५ देखि अनिवार्य


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगर र उपमहानगरभित्र घरजग्गा कारोबार गर्नका लागि ३६ वटा कम्पनीले अनुमति पत्र लिएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले अब अनिवार्य रूपमा इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा कारोबार गर्न सम्बन्धित पालिकाहरूलाई परिपत्र गर्दै ३६ वटा कम्पनीको नाम पठाएको हो ।

विभागका अनुसार यो नयाँ व्यवस्था आगामी २०८२ साल फागुन २५ गतेदेखि अनिवार्य रूपमा लागू हुनेछ । मालपोत ऐन, २०३४ को दफा २६ (क) मा उल्लेखित घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजत लिनुपर्ने कानुनी प्रावधान र नेपाल सरकारले मिति २०८२/०६/२७ मा नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाका आधारमा यो निर्णय कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ । 

विभागले जारी गरेको पछिल्लो सूचना अनुसार अब महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार अनिवार्य रूपमा इजाजत प्राप्त कम्पनी वा संस्था मार्फत मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्राकृतिक व्यक्ति–व्यक्ति बीच वा प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिहरू बीच हुने ३ करोड रुपैयाँभन्दा माथिको थैली अंक भएको घरजग्गा सम्बन्धी लिखत पारित गर्दा अब इजाजत प्राप्त एजेन्सीमार्फत गर्न विभागले मातहतका कार्यालयलाई पठाएको पत्रमा उल्लेख गरेको छ ।

हालसम्म इजाजत प्राप्त गरेका ३६ कम्पनीहरू

विभागले हालसम्म ३६ वटा कम्पनीलाई घरजग्गा कारोबारका लागि इजाजत पत्र प्रदान गरेको जनाएको छ ।

१. हिमालयन रियल्टर्स प्रा.लि.
२. कन्टिनेन्टल रियल इस्टेट प्रा.लि.
३. एस के होम रियल स्टेट कम्पनी प्रा.लि.
४. रुबि क्राउन प्रोपर्टीज प्रा.लि.
५. नन्दी रियल इस्टेट प्रा.लि.
६. ईगुरास प्रपर्टी सोलुसन्स प्रा.लि.
७. जमिन्दार रियल इस्टेट प्राइभेट लिमिटेड
८. तिलोत्तमा विल्डर्स प्रा.लि.
९. रियल इस्टेट एजेन्सी प्रा.लि.
१०. वुस्पाइडर रियल इस्टेट प्रा.लि.
११. अशोक घर संसार नेपाल प्रा.लि.
१२. मानस बिज सर्भ प्रा.लि.
१३. लुम्बिनी रियल स्टेट एण्ड मल्टिपर्पोज
१४. कृष्णा डेभलपर्स प्रा.लि.
१५. ज्ञान इको इनोभेसन इन्भेष्टमेन्ट नेपाल
१६. भूमिराज एस्टेट्स
१७. दले भाई रियल इस्टेट प्रा.लि.
१८. स्काइ वर्ल्ड रियल स्टेट सोलुसन प्रा.लि.
१९. एम्पायर रियल स्टेट डेभलपमेन्ट प्रा.लि.
२०. नेपाल ल्याण्ड ब्रोकर
२१. डि एन ग्रुप अफ कम्पनी प्रा.लि.
२२. भोजपुर सिद्धकाली हाउजिङ प्रा.लि.
२३. प्रुडेन्सीयल डेभलपर्स प्रा.लि.
२४. चार्टर्ड रियल स्टेट
२५. घर जग्गा सेवा प्रा.लि.
२६. ओमेगा क्यापिटल एडभाईजर्स प्रा.लि.
२७. ऋतम्भरा मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रा.लि.
२८. मेट्रो लिङ्क प्रोपर्टीज प्रा.लि.
२९. विराट रियल स्टेट एण्ड हाउजिङ्ग
३०. सम्पति रियल इस्टेट प्रा.लि.
३१. रियल इस्टेट सारथी
३२. प्रसिद्ध इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.
३३. एकर्स नेपाल स्टेट प्रा.लि.
३४. मर्स्याङ्दी डेभलपमेन्ट एण्ड रिसर्च
३५. सेरेन इस्टेट्स प्रा.लि.
३६. घरवारी सेवा

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ५ : २६ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी