आयोगको चेतावनी: प्राध्यापक, शिक्षक र कर्मचारीले उम्मेदवारको प्रचारप्रसार गर्दै हिँडे कारबाही « Khabarhub

आयोगको चेतावनी: प्राध्यापक, शिक्षक र कर्मचारीले उम्मेदवारको प्रचारप्रसार गर्दै हिँडे कारबाही


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न शैक्षिक संस्थासँग सम्बद्ध प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन चेतावनी दिएको छ।

आयोगले केही शिक्षक र कर्मचारी राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको उजुरी प्राप्त भएको जनाएको छ।

शिक्षा ऐन, २०२८ र निर्वाचन आचारसंहिता, २०८२ अनुसार, शिक्षक वा कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न वा आफ्नो पदको साधन प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था छ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, ‘आचारसंहिताको उल्लङ्घन गरेको पाएमा दफा ४८ बमोजिम कानुनी कारवाही हुनेछ।’

यसका साथै आयोगले जिल्ला स्तरमा अनुगमन समिति, निर्वाचन अधिकृत र सम्बन्धित कार्यालयमार्फत् अनुगमन गर्ने तयारी रहेको जनाएको छ।

आयोगले निर्वाचनको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम राख्न सबै सरोकारवाला पक्षलाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : ५९ बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले