प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल « Khabarhub

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषयलाई कार्यान्वयन गरेरै छाड्ने बताएका छन् ।

सोमबार चुनावी घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने लगायतका प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषयलाई कार्यान्वयन गरेरै छाड्ने बताएका हुन् । 

अहिले देखिएका राष्ट्रिय समस्याहरुलाई कांग्रेसले स्पष्ट रुपमा उजागर गरेको भन्दै समस्याको समाधान पनि कांग्रेसले नै गर्ने उनले बताए ।

पौडेलले रोजगारी सिर्जना, प्रशासनिक व्यवहारलाई सरलीकृत गर्ने लगायतका विषयमा आवश्यक कानुन निर्माण गर्न प्रभावकारिता बढाउने धारणा राखे ।  

पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा पनि सबैलाई स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गर्ने, क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कुल बनाउने, ऐतिहासिक क्षेत्रलाई खुला सङ्ग्रहालय तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लगायत उल्लेख गरेका छन् । 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ६ : २४ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ