सात मुख्य वाचासहित सर्लाही ४ का लागि गगनले ल्याए चुनावी योजना « Khabarhub

सात मुख्य वाचासहित सर्लाही ४ का लागि गगनले ल्याए चुनावी योजना


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका सदस्य पदका उम्मेदवार गगन कुमार थापाले ‘मेरो प्रतिज्ञा, मेरा अभियान’ शीर्षकमा घोषणापत्र सार्वजनिक गरेका छन्।

यो घोषणापत्रमा थापाले सर्लाही क्षेत्र नं. ४ का स्थानीय समस्या र सम्भावनालाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, सीमा सुरक्षा, महिला तथा दलित उत्थान, सांस्कृतिक संरक्षण जस्ता क्षेत्रमा ठोस प्रतिबद्धता गरेका छन् ।

उनले मधेशको पवित्र माटोमा लोकतन्त्र र संघीयताको जग बनेको उल्लेख गर्दै क्षेत्रका विभिन्न समुदाय (माझी, निसाद, मुसहर, मुस्लिम, यादव आदि) सँगको संवादबाट समस्या बुझेको बताएका छन्।

मुख्य प्रतिज्ञा

गुणस्तरीय शिक्षा-‘कापी कलम अभियान’मार्फत् गणित, विज्ञान, अंग्रेजी शिक्षक उपलब्ध गराउने, विपन्न तथा दलित/मुस्लिम विद्यार्थीलाई छात्रवृत्ति, मातृभाषामा शिक्षा, ‘सबल छोरी अभियान’आदि ।

सुलभ स्वास्थ्य-‘स्वस्थ नागरिक अभियान’अन्तर्गत स्वास्थ्य केन्द्र स्थापना, सर्पदंश/कालाजार निःशुल्क उपचार, मोबाइल क्लिनिक, मृगौला उपचार केन्द्र, लागुऔषध विरुद्ध अभियान ।

कृषि उत्थान-उखु बक्यौता भुक्तानी, मौसमी मल पात्रो, आपतकालीन मल भण्डार, मधेशमा मल कारखाना स्थापना, सिँचाइ विस्तार, न्यूनतम समर्थन मूल्य ।

पूर्वाधार र विपद् व्यवस्थापन-हुलाकी राजमार्ग सुधार, पुल, बाँध मर्मत, बागमती, मनुस्मरा नदीमा तटबन्ध, चुरे संरक्षण ।

रोजगारी-‘मिसन रोजगारी अभियान’मार्फत् सीप विकास, बिना धितो ऋण, वैदेशिक रोजगार सहजीकरण, फर्केका युवालाई पुनर्स्थापना ।

सीमा क्षेत्र-‘दशगजा उज्यालो अभियान’ अन्तर्गत सौर्य बत्ती जडान, सीमा गाउँ विकास प्याकेज ।

कुरीतिविरुद्ध अभियान- महिला, दलित, संस्कृति-महिला उद्यम कर्जा, दाइजो र हिंसाविरुद्ध अभियान, दलितलाई भूमि, शिक्षा, रोजगारी, मिथिला कला संरक्षण, सांस्कृतिक केन्द्र निर्माण।

‘जनता दलान’ अभियान

कांग्रेस सभापति थापाले क्षेत्रमा ‘जनता दलान’ (सांसदको स्थायी कार्यालय) स्थापना गर्ने वचन पनि दिएका छन् ।

काठमाडौंमा स्याटेलाइट कार्यालय सञ्चालन गरेर मतदातासँग प्रत्यक्ष सम्बन्ध राख्ने वाचा उनले गरेका छन्। ‘तपाईंहरूले अब सांसद खोज्दै धाउनु पर्दैन, म आफैं आउँछु’, उनले भनेका छन् ।

चुनावी अभियान क्रममा गोडैता नगरपालिकामा स्थानीयले थापालाई १२५ किलोको माला लगाएर स्वागत गरेका थिए । थापाको घरदैलो अभियान अहिले तीव्र छ । उनले आफ्नो नयाँ निर्वाचन क्षेत्रमा विकास तथा सुशासनको पहल गर्ने आशा छ ।

सर्लाही ४ मा कांग्रेस छाडेका डा. अमरेश सिंह राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेकाले प्रतिस्पर्धा कडा हुने बताइएको छ । त्यहीकारण थापा अहिले निर्वाचन क्षेत्रमा केन्द्रित छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ६ : ४४ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती