देश गफले होइन, कामले बन्छ : अध्यक्ष साम्पाङ « Khabarhub

देश गफले होइन, कामले बन्छ : अध्यक्ष साम्पाङ


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

टक्सार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देशको विकास हुन नसक्ने बताएका छन् । देश गफले नभई कामले बन्ने अध्यक्ष साम्पाङ भनाइ छ । 
    
यहाँको हतुवागढी र आमचोक गाउँपालिकामा आज भएको चुनावी सभा तथा भेटघाटका क्रममा अध्यक्ष साम्पाङले अन्य पार्टीहरूले काम गर्ने क्षमता नदेखाएको बताए। उनले गफले मात्रै मुलुक नबन्ने भएकाले श्रम अनिवार्य गर्नुपर्नेमा जोड दिए । 
    
अध्यक्ष साम्पाङले अन्य राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको बताउँदै काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार देखिएको बताए। सो क्रममा अध्यक्ष साम्पाङले युवाहरुलाई पैसामा नलोभिन आग्रहसमेत गरे।
    
श्रम संस्कृति श्रम गर्ने र गरिखानेहरुको पार्टी भएकाले विश्वास गर्न उनले सबैलाई आग्रहसमेत गरे। अध्यक्ष साम्पाङले भोजपुर र उदयपुर जोड्ने चुहारको निर्माणाधीन पुलको समेत अवस्था बुझ्दै काम गर्ने अवसर दिएमा पुल बनाउने जिम्मा लिनेसमेत बताएका थिए । 

यो पुल भोजपुरको जीवनरेखा भएको बताउँदै साम्पाङले आठ वर्षमा पनि पुल नबनेकाले आफूहरूलाई काम गर्ने अवसर दिन आग्रह गरे। 
 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ६ : ५७ बजे

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब