साम्बालाई कमल थापाको ढाडस, ‘चिन्ता नगर्नु, सिङ्गो देश साथमा छ’ « Khabarhub

साम्बालाई कमल थापाको ढाडस, ‘चिन्ता नगर्नु, सिङ्गो देश साथमा छ’


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले चर्चित महिला फुटबलर सावित्रा भण्डारीको स्वास्थोपचारको जिम्मेवारी लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

साम्बाको उपचारमा आफूहरुको तर्फबाट पनि यथासम्भव सहयोग गर्ने प्रतिवद्धता उनले सोमबार गरेका छन् ।

साम्बाले आफ्नो उपचारका लागि सार्वजनिकरुपमा आर्थिक सहयोगको आह्वान गरेपछि थापाको यस्तो भनाइ आएको हो ।

‘चिन्ता नगर्नु साम्बा, सिङ्गो देश तपाईंको साथमा छ’, उनले लेखेका छन् ‘नेपाल र दक्षिण एसियाली महिला फुटबल जगतको सर्वाधिक लोकप्रिय र प्रतिभाशाली खेलाडीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

थापाले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले बहन गर्नुपर्ने पनि प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् । ‘चिन्ता नगर्नु साम्बा सिङ्गो देश तपाईंको साथमा छ। हामी पनि आफ्नो तर्फबाट यथासम्भव सहयोग गर्नेछौँ’, उनले भनेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : ५३ बजे

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो