साम्बालाई कमल थापाको ढाडस, ‘चिन्ता नगर्नु, सिङ्गो देश साथमा छ’ « Khabarhub

साम्बालाई कमल थापाको ढाडस, ‘चिन्ता नगर्नु, सिङ्गो देश साथमा छ’


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले चर्चित महिला फुटबलर सावित्रा भण्डारीको स्वास्थोपचारको जिम्मेवारी लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

साम्बाको उपचारमा आफूहरुको तर्फबाट पनि यथासम्भव सहयोग गर्ने प्रतिवद्धता उनले सोमबार गरेका छन् ।

साम्बाले आफ्नो उपचारका लागि सार्वजनिकरुपमा आर्थिक सहयोगको आह्वान गरेपछि थापाको यस्तो भनाइ आएको हो ।

‘चिन्ता नगर्नु साम्बा, सिङ्गो देश तपाईंको साथमा छ’, उनले लेखेका छन् ‘नेपाल र दक्षिण एसियाली महिला फुटबल जगतको सर्वाधिक लोकप्रिय र प्रतिभाशाली खेलाडीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

थापाले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले बहन गर्नुपर्ने पनि प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् । ‘चिन्ता नगर्नु साम्बा सिङ्गो देश तपाईंको साथमा छ। हामी पनि आफ्नो तर्फबाट यथासम्भव सहयोग गर्नेछौँ’, उनले भनेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : ५३ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले