निर्वाचन लक्षित दूरसञ्चार सेवा प्रभावकारी बनाउन गृहको पहल « Khabarhub

निर्वाचन लक्षित दूरसञ्चार सेवा प्रभावकारी बनाउन गृहको पहल


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दूरसञ्चार सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा गृह मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेको छ।

नेपाल सरकारका प्रवक्ता तथा गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा भएको बैठकमा गृह मन्त्रालयका सचिव, प्रवक्तासहित उच्च अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि तथा विभिन्न सेवा प्रदायक कम्पनीका अधिकारी सहभागी थिए।

बैठकमा निर्वाचनका समयमा विशेषगरी मतदान केन्द्रमा भरपर्दो सञ्चार पहुँच सुनिश्चित गर्ने, विद्यमान सेवालाई थप प्रभावकारी बनाउने, मर्मत सम्भार र अनुगमनलाई चुस्त राख्ने लगायत विषयमा समझदारी भएको जनाइएको छ। टेलिफोन, इन्टरनेटलगायतका सेवा अवरुद्ध नहुने गरी आवश्यक पूर्वतयारी गर्ने निर्णयसमेत गरिएको छ।

गृहमन्त्री अर्यालले निर्वाचन प्रक्रियामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले दूरसञ्चार सेवा सहज, सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले सञ्चार मन्त्रालय मातहतका सरकारी सञ्चार माध्यम तथा दूरसञ्चार सेवासमेत प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।

गृह मन्त्रालयले निर्वाचन अवधिभर सञ्चार सेवा निरन्तर सञ्चालनमा रहने गरी समन्वय र अनुगमनलाई प्राथमिकता दिने जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : ५७ बजे

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा