जनताले जे भन्छन्, त्यो मान्न तयार छौँ : रवि लामिछाने « Khabarhub

जनताले जे भन्छन्, त्यो मान्न तयार छौँ : रवि लामिछाने


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब ‘भन्नेभन्दा पनि गरेर देखाउने´ दिन नजिकिएको बताएका छन् । सोमबार हेटौँडामा आयोजित चुनावी सभामा उनले आफू त्यो क्षणको प्रतीक्षामा रहेको बताए ।

शान्तिपूर्ण ढंगले मतदानमा सहभागी भएर परिणाम स्वीकार्न कार्यकर्ता र मतदातालाई उनले आग्रह गरे । ‘आउँदो फागुन २१ गते जनताले जे भन्छन्, हामी त्यही स्वीकार गर्न तयार छौँ,’ लामिछानेले भने, ‘जनताले रास्वपालाई बहुमत दिन्छन् र आगामी सरकार रास्वपाको बहुमतको सरकार बन्छ भन्ने हाम्रो विश्वास छ ।’

फागुन २१ गतेको चुनावलाई उनले महाभारतसँग तुलना गरे । रास्वपाको सरकार बनेपछि ०४६ सालपछिका सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने उनले बताए । आफूहरूको पहिलो प्राथमिकता सुशासन भएको उनको भनाइ छ ।

शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गर्नपर्ने उनको भनाइ छ । शिक्षा नीति विद्यार्थीको हितमा बन्नुपर्ने उनको भनाइ छ । आफ्नो पार्टीको सरकार बनेपछि किसानलाई मल, बीउ र बजारको सुनिश्चितता गर्ने प्रतिबद्धता उनले जनाए ।

हेटौँडा सिमेन्ट उद्योगको सन्दर्भ उठाउँदै उद्योगहरूलाई राजनीतिक भर्तीकेन्द्र बनाइँदा समस्या भएको उनले दाबी गरे । ‘योग्य र क्षमतावान नेतृत्व आए उद्योग नाफामा जान्छ र त्यो काम रास्वपा सरकारले गर्छ,’ लामिछानेले भने ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ८ : ५७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला