कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै « Khabarhub

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी सभा गर्ने निर्णय गरेको छ। पार्टीले फागुन १४ गते सुर्खेत, १५ गते पोखरा र १७ गते काठमाडौंमा चुनावी सभा आयोजना गर्ने तय गरेको हो।

सभामा शीर्ष नेताहरूको सहभागिता रहनेछ। सभामार्फत कांग्रेसले आफ्नो चुनावी एजेन्डा, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र मतदातासँग प्रत्यक्ष संवाद गर्ने तयारी गरेको जनाएको छ।

सुर्खेत, पोखरा र काठमाडौंका सभालाई विशेष महत्वका साथ हेरिएको कांग्रेस नेताहरूले बताएका छन्।

यसैबीच, अन्य जिल्लामा आयोजना गरिने चुनावी सभाको मिति भने अझै टुंगिन बाँकी रहेको छ। प्रदेश र जिल्ला कार्यसमितिसँग परामर्श गरेर क्रमशः तालिका सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।

निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूले देशभर चुनावी अभियान तीव्र पारिरहेका छन्। कांग्रेसले पनि केन्द्रदेखि गाउँस्तरसम्म संगठन परिचालन गर्दै प्रचार अभियानलाई विस्तार गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ९ : ०७ बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी