हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य « Khabarhub

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई २५५ रनको विशाल लक्ष्य दिएको छ ।

मुम्बईको वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको हो । यो जारी विश्वकपकै सर्वाधिक उच्च स्कोर हो । यसअघि ओमानविरुद्धको खेलमा श्रीलंकाले २२५ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि शिमरोन हेटमायरले सर्वाधिक ८५ रन बनाए । ३४ बलका सामना गरेका उनले ७ चौका र ७ छक्का प्रहार गरे ।

रोभम्यान पावेलले ३५ बलमा ५९, रोमारियो शेफर्डले १० बलमा २१ रन बनाए । यस्तै कप्तान शाही होपले १४ रन बनाउँदा शेर्फेन रदरफोर्ड ३१ रनमा नटआउट रहे ।

जिम्बाब्बवेका लागि रिचर्ड न्गाराभा र ब्लेसिङ मुजरबानीले दुई दुई विकेट लिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ९ : २६ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण