दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट « Khabarhub

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले नेता ईश्वर पोखरेललाई नै मत किन भन्दै एमालेले आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्रिय स्वाधीनताको रक्षा, सामाजिक एकताको प्रवर्द्धन, संविधानको संरक्षण तथा सुशासनमार्फत समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्यसहित उनलाई समर्थन गर्न अपिल गरिएको हो ।

उनलाई मत दिनुपर्ने आधार प्रस्तुत गर्दै राष्ट्रिय सार्वभौमिकताको रक्षा र सामाजिक सद्भाव अभिवृद्धिलाई प्रमुख प्राथमिकता दिइएको छ । जनताको दशक लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा गर्दै आवश्यक संशोधनमार्फत अझ जीवन्त र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । नागरिक अधिकारको कार्यान्वयन र सशक्तिकरणमार्फत राष्ट्रको स्वाभिमान र आत्मसम्मान अभिवृद्धि गर्ने लक्ष्यसमेत उल्लेख गरिएको छ ।

उनको उम्मेदवारीमार्फत सुशासन, चुस्त सार्वजनिक सेवा र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको राष्ट्रिय अभियानलाई बलियो बनाइने जनाइएको छ । मौलिक सीप र उद्योगको प्रवर्द्धन, उद्यमशीलता विकास तथा श्रम संस्कृतिको विस्तारबाट रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ ।

नवयुवालाई प्राविधिक तथा सीपमूलक शिक्षामार्फत स्वरोजगार र उद्यमशीलतामा जोड्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

स्वास्थ्य बीमामार्फत गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने तथा सामुदायिक विद्यालयलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउँदै संस्थागत विद्यालयसँग समन्वय गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने योजना उल्लेख गरिएको छ ।

टोखा–छहरे सुरुङ मार्ग निर्माणलाई अविलम्ब अघि बढाई नेपाल–चीन अन्तरदेशीय राजमार्ग निर्माण गर्ने लक्ष्य सार्वजनिक गरिएको छ । यसले व्यापार, पर्यटन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

लिच्छविकालीन राजधानी हाँडीगाउँको पुरातात्विक तथा सांस्कृतिक अध्ययन गरी पुनःउत्थान र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।

बुढानीलकण्ठ मन्दिरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, बुढानीलकण्ठ–बागद्वार–चिसापानी हुँदै गोसाइँकुण्ड जाने पदमार्ग निर्माण गर्ने तथा तामाङ समुदायका बस्तीमा सामुदायिक होमस्टे विस्तार गर्ने लक्ष्यसमेत राखिएको छ ।

टोखाको सपनतीर्थ र चण्डेश्वरी मन्दिर लगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोगमार्फत पर्यटकीय गन्तव्य विकास गर्ने तथा टोखाको चाकुलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने योजना पनि उल्लेख गरिएको छ ।

हाँडीगाउँ, टुँडालदेवी, धरमपुर, बुढानीलकण्ठ, धापासी र टोखाका सांस्कृतिक जात्रा, स्थानीय कला, संस्कृति तथा तामाङ र नेपाल भाषाको प्रवर्द्धन र संरक्षणमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ र टोखा नगरपालिकामा खानेपानी, ढल निकास, फोहरमैला व्यवस्थापन, सडक सुदृढीकरण, सार्वजनिक यातायात तथा पार्क निर्माणमा प्रभावकारी समन्वय र नेतृत्व गर्ने उल्लेख गरिएको छ ।

साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको हितमा विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । समर्थकहरूले सूर्य चिन्हमा मतदान गरी जिम्मेवार नागरिकको परिचय दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १० : ३९ बजे

महासंघको निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनबाट ढकालको उम्मेदवारी  

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत

बजारमा आउन थाल्यो खर्बुजा (तस्बिरहरू)

काठमाडौं– खर्बुजाको सिजन सुरु भएसँगै अहिले बजारमा खर्बुजा आउन थालेको

युद्ध समाप्तिका लागि इरानले राख्यो ६ शर्त

तेहरान– इरानले जारी युद्ध रोक्न विभिन्न ६ शर्त राखेको छ।

‘आँबाट आमा’को व्यापार १३ करोड नाघ्यो

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आँबाट आमा’को व्यापार

युद्धको बीचमा तेल-ग्यासबाट इरानको रेकर्ड कमाई

तेहरान- अमेरिकार र इजरायलसँगको युद्धलाई इरानले अवसरमा बदलिदिएको छ। अमेरिकाले