नेकपाका कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा कांग्रेस बाँफिकोटका नेता पक्राउ « Khabarhub

नेकपाका कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा कांग्रेस बाँफिकोटका नेता पक्राउ


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम – नेपाली कांग्रेस तरुण दल बाँफिकोट गाउँपालिकाका सभापति विकास अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मुसिकोट नगरपालिका क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीका स्थानीय संयोजक सचिन रोकाय र नेतृ सीता खड्कामाथि सांघातिक आक्रमण गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा सीता खड्काको टाउकोमा चोट लागेको छ । उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको छ । घटनामा अन्य व्यक्तिको संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

यसैबीच नेकपाले बाँफिकोट गाउँपालिकाका प्रमुख जनक कुमार बाँठा पनि यस घटनामा संलग्न रहेको आरोप लगाएको छ । तर प्रहरीले यसबारे कुनै आधिकारिक पुष्टि नभएको बताएको छ। गाउँपालिका प्रमुख बाँठाले आफू उक्त घटनामा संलग्न नभएको बताएका छन् ।

घटनापछि बाँफिकोट क्षेत्रमा राजनीतिक तनाव बढेको छ । सम्भावित झडप वा अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सर्वपक्षीय छलफलको तयारी भइरहेको पनि जानकारी दिइएको छ ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा प्रमाण संकलनको काम जारी राखेको जनाएको छ। यस घटनाप्रति नेपाल कम्युनिस्ट पार्टीले घोर आपत्ति जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ९ : ३८ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत