चालकको स्वास्थ्यसँग यात्रुको जीवन : कता छ राज्यको ध्यान ? « Khabarhub

चालकको स्वास्थ्यसँग यात्रुको जीवन : कता छ राज्यको ध्यान ?

स्टेरिङमा बेहोस हुनुअघि जोगिएका ती जिन्दगी


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सडकमा दिनहुँ गुडिरहेका हजारौँ सवारीसाधन केवल गन्तव्यतर्फ बढिरहेका हुँदैनन्, तिनले सयौँ यात्रुका सपना र जीवन पनि बोकेका हुन्छन् । तर यात्राका क्रममा कहिलेकाहीँ हुने अकस्मात् दुर्घटना चालकको गल्तीले मात्र होइन, स्वास्थ्यमा आउने अचानक समस्याका कारण पनि भएको हुन सक्छ । गत शुक्रबार झापामा भएको एक घटनाले यही यथार्थ उजागर गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५, सितापुरी चोकमा बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्र १–०४–००१ च ००८० नम्बरको स्कोर्पियो गाडीका चालक ४५ वर्षीय योगेश धिमाल अचानक गाडी चलाउँदाचलाउँदै बेहोस भएका थिए। असहज महसुस भएपछि उनले गाडी सडक किनारमा रोकेका थिए । तर, गाडीभित्र रहेका यात्रुले बोलाउँदा प्रतिक्रिया नदिएपछि स्थानीयको सहयोगमा उनलाई दमकस्थित निम्स अस्पताल लगिएको थियो । उपचारकै क्रममा सोही रात उनको मृत्यु भयो । धिमालले आफ्नो ज्यान गुमाए पनि गाडीमा सवार अन्य यात्रुको ज्यान भने जोगाएर गए ।

भाग्यले बाँचेका शङ्कर
झापाको घटनाले दुःखद अन्त्य पायो, तर यस्तै परिस्थितिमा एक चालकको निर्णयले भने ठूलो दुर्घटना टरेको उदाहरण पनि छ । धनगढीका एक बस चालक शङ्कर वलीको अनुभव यसका लागि उदाहरणीय छ । २०७२ सालतिर उनले बोर्डिङ स्कुलका बालबालिकालाई लिएर पोखरा भ्रमण गराएका थिए । तीन दिनको यात्रा सकेर फर्किँदै गर्दा गन्तव्य नजिकै पुग्दा अचानक उनको शरीरले साथ छाड्न थाल्यो ।

“एकैछिनमा शरीरमा आलस्य भयो, पसिना आयो, केही गडबडी भइरहेको जस्तो लाग्यो,” उनी सम्झिन्छन् । गाडीमा साना बालबालिका भएकाले जोखिम बुझ्दै उनले तुरुन्तै गाडी रोके । तर गाडी रोकेको केही क्षणमै उनी बेहोस भए । सहचालक र शिक्षकको सहयोगमा उनलाई अस्पताल पुर्‍याइयो, जहाँ चार घण्टापछि मात्र होस खुलेको थियो । “त्यो बेला गाडी नरोकेको भए ठूलो दुर्घटना हुन सक्थ्यो,” उनी भन्छन् ।

झापाका धिमाल र धनगढीका शङ्कर- दुवै चालकले गाडी चलाउँदै गर्दा अचानक स्वास्थ्य समस्या भोगे । दुवैले गाडी रोक्ने प्रयास गरे । तर परिणाम भने फरक भयो- एकले ज्यान गुमाए, अर्काले जीवन पाए ।

चालकको स्वास्थ्यलाई बेवास्ता गर्दा बढेको जोखिम
झापाका धिमाल र धनगढीका शङ्कर- दुवै चालकले गाडी चलाउँदै गर्दा अचानक स्वास्थ्य समस्या भोगे । दुवैले गाडी रोक्ने प्रयास गरे । तर परिणाम भने फरक भयो- एकले ज्यान गुमाए, अर्काले जीवन पाए । यी दुई घटनाले सार्वजनिक सवारी चालकको स्वास्थ्य अवस्था कत्तिको सुरक्षित छ ? भन्ने प्रश्न उठाउँछ ।

लामो दूरी, अनियमित कार्यतालिका, पर्याप्त आरामको अभाव र असन्तुलित खानपानका कारण चालक विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त हुने गरेका छन् । शङ्करका अनुसार चालकमा उच्च रक्तचाप, मधुमेह र आँखासम्बन्धी समस्या सामान्यजस्तै देखिन्छ । “प्रेसर धेरैजसोमा ‘हाइ’ हुन्छ, आँखा पनि कमजोर हुन्छ,” उनी भन्छन् । सडक किनारका होटलमा निर्भर खानपान, चिल्लो र पिरो खानेकुरा, अनि थकान कम गर्न मदिरा सेवन गर्ने बानीले समस्या झन् बढाउने गरेको शङ्कर बताउँछन् ।

प्रतिस्पर्धा र दबाबले बढेको जोखिम
सार्वजनिक यातायात क्षेत्रमा बढ्दो प्रतिस्पर्धाले चालकलाई थप दबाबमा राखेको छ । गाडीको सङ्ख्या बढे पनि यात्रु सीमित हुँदा ‘पहिले पुग्ने’ होड चल्ने गरेको छ । यसले तीव्र गति, थकान र दुर्घटनाको जोखिम बढाएको छ । “यात्रु पाउनकै लागि गाडी दौडाउनुपर्ने बाध्यता छ,” शङ्कर भन्छन् ।

दुई चालकको नियम : कागजमै सीमित
लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएको सरोकारवाला बताउँछन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम राई (ज्वाला) भन्छन्- सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार लामो दूरीका सवारीमा दुई चालक राख्नुपर्ने प्रावधान भए पनि व्यवहारमा यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।

यसका कारण एउटै चालकले लामो समयसम्म सवारी चलाउनुपर्ने अवस्था सिर्जना भएको छ, जसले थकान, निद्रा अभाव र असावधानीका कारण दुर्घटना निम्त्याउने गरेको उनले बताए । उनका अनुसार चालकको नियमित स्वास्थ्य परीक्षण नहुँदा पनि जोखिम झन् बढेको छ । धेरै चालकमा उच्च रक्तचाप, मधुमेह तथा मिर्गौलासम्बन्धी समस्या देखिने गरे पनि समयमै पहिचान नहुँदा सवारी चलाइरहेकै अवस्थामा समस्या देखिने गरेको उनको भनाइ छ ।

हालै झापामा गाडी चलाउँदै गरेका चालक बेहोस हुने घटना मात्र नभई देशका विभिन्न स्थानमा यस्तै प्रकृतिका घटना दोहोरिँदै आएको उल्लेख गर्दै राईले भने, “कतिपय अवस्थामा चालकले समयमै सवारी नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट जोगाएको उदाहरण पनि छन् भने केही घटनामा गम्भीर दुर्घटना हुने जोखिम देखिएको छ ।”

समाधानका लागि के गर्ने ?
सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयनमा आए पनि सबै यातायात श्रमिक यसमा समेटिन नसकेकोप्रति उनले असन्तुष्टि जनाएका छन् । सामाजिक सुरक्षा कोषमार्फत वार्षिक रूपमा स्वास्थ्य उपचारमा निश्चित रकमसम्मको सुविधा पाइने व्यवस्था भए पनि अधिकांश चालक यसबाट वञ्चित छन् ।

सामाजिक सुरक्षा कोषमार्फत वार्षिक रूपमा स्वास्थ्य उपचारमा निश्चित रकमसम्मको सुविधा पाइने व्यवस्था भए पनि अधिकांश चालक यसबाट वञ्चित छन् ।

अध्यक्ष राईका अनुसार सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सके नियमित स्वास्थ्य परीक्षणको पहुँच बढ्ने र सम्भावित जोखिम कम गर्न सकिनेछ । त्यस्तै कानुनी व्यवस्था कार्यान्वयन, नियमित स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा विस्तार र समग्र यातायात प्रणालीको पुनर्संरचना आवश्यक रहेको उनले बताएका छन् । पुराना कानुन, नीति तथा नियमावली संशोधन गर्दै सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित नगरेसम्म चालक र यात्रु दुवैको सुरक्षा सुनिश्चित गर्न कठिन हुने देखिन्छ ।

तत्कालका लागि नियमित स्वास्थ्य परीक्षण अनिवार्य बनाउने, लामो दूरीमा चालक परिवर्तन प्रणाली कडाइका साथ लागू गर्ने, विश्राम केन्द्र निर्माण गर्ने, सडकमै स्वास्थ्य जाँच (प्रेसर, सुगर) को व्यवस्था गर्ने, कडा अनुगमन र नियम कार्यान्वयन गर्ने र चालक आफैँले पनि आफ्नो खानपान र जीवनशैलीमा सुधार ल्याउने हो भने यस्ता प्रकारका धेरै दुर्घटना कम गर्न सकिने चालक शङ्कर वली बताउँछन् । ‘समयमै लिएको एउटा निर्णयले दर्जनौँ ज्यान जोगिन सक्छ, तर त्यसका लागि चालक शारीरिक र मानसिक रूपमा सक्षम हुनु जरुरी छ’, वली भन्छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ८ : ३० बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा