जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? : प्रदीप पौडेल « Khabarhub

जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? : प्रदीप पौडेल


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै कडा आलोचना गरेका छन् ।

पौडेलले आज सामाजिक सञ्जालमार्फत गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले गुपचुप राखेको भन्दै अनेक आशङ्का उब्जिएको उल्लेख गरेका छन् ।

उनले अन्तरिम सरकारको कार्यकाल सकिन लाग्दा समेत आफ्नो दायित्व पूरा नगर्नु विडम्बनापूर्ण रहेको बताउँदै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो भन्ने प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ? आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरूका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।’

पौडेलले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले समेत उक्त प्रतिवेदन सार्वजनिक गर्न औपचारिक माग गरिसकेको स्मरण गराएका छन् । सरकारले प्रतिवेदन लुकाउँदा घटनाको सत्यतथ्य बाहिर आउन नपाएको र नागरिकको सूचनाको हक कुण्ठित भएको उनको तर्क छ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ११ : ०३ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६