मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन « Khabarhub

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने छ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । 

गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म पाँच अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । 

कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट १२ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरको मालवस्तु आयात भएको छ भने  २० करोड ३० लाख मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको हो । 

हालसम्म कोरलानाकाबाट भित्रिएका दुई हजार ३४७ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए । 

यसैगरी, मुस्ताङ भन्सार कार्यालयबाट एक हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको भन्सार प्रमुख खड्काको भनाइ छ । 

गत असार र साउनमा पहिरोका कारण रसुवागढी नाका र तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि मुस्ताङको कोरलानाकालाई वैकल्पिक नाकाका रुपमा प्रयोग गरिएको थियो ।

यसलगत्तै नेपाल सरकार भन्सार विभागले वैकल्पिक रुपमा प्रयोग गरिएको कोरलानाकालाई पूर्ण रुपमा सञ्चालन गराएको थियो । बर्सेनि १०/१५ लाख रुपैयाँ आर्थिक राजस्व सङ्कलन गर्ने यहाँको मुस्ताङ भन्सार कार्यालयले असोजदेखि यता उल्लेखनीय राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयको भनाइ छ । 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ११ : ५४ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय