‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार « Khabarhub

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले बक्स अफिसमा सुनामी ल्याएको छ ।

बलिउड इतिहासमै पहिलो पटक एक सय करोडको ओपनिङ गरेको यस फिल्मले भारतीय हलहरूमा दर्शकको चाप बढाएको छ ।

प्रदर्शनको चौथो दिनमा आइपुग्दा यस फिल्मले भारतमा मात्रै ४५२ करोड नेट कलेक्सन गरेको छ । प्रदर्शनको अघिल्लो दिनको पेड प्रिभ्यूको व्यापार जोड्दा उक्त नेट कलेक्सन पुगेको हो ।

प्रिभ्यूमा यस फिल्मले ४३ करोड नेट कलेक्सन गरेको थियो । त्यस्तै, पहिलो दिन १०२, दोस्रो दिन ८०, तेस्रो दिन ११३ र चौथो दिन ११४ करोड नेट कलेक्सन गरेको थियो ।

यो फिल्म सोमबार पाँचौ दिनमा प्रदर्शनरत छ ।

विदेशी बजारमा पनि यो फिल्मले राम्रो व्यापार गरिरहेको छ । नेपालमा पनि यो फिल्मको अकुपेन्सी उच्च छ । अधिकांश हलहरू हाउसफुल छ भने अन्यमा दर्शकको चाप उच्च छ ।

यसको पहिलो भाग ‘धुरन्धर’ले नेपालमा ११ करोड ग्रस कलेक्सन गरेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  २ : ०२ बजे

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई