कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा « Khabarhub

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मान्म– नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । 

‘पोषण मैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका, २०७९’ बमोजिम आवश्यक सबै सूचक तथा प्रक्रिया पूरा गरेको उल्लेख गर्दै पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा घोषणा गरिएको सूचना अधिकारी कालीकोटका कटक महतले जानकारी दिए । 

पोषणमैत्री वडा घोषणाका मुख्य सूचकहरू सुनौला हजार दिनका गर्भवती तथा सुत्केरीले स्वास्थ्य संस्थामा नियमित जाँच र पोषण परामर्श पाएको हुनुपर्नेलगायतका मापदण्ड रहेको स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारले बताए। 

बालबालिकाको पोषणका लागि छ महिनासम्म पूर्ण स्तनपान र छ महिनापछि थप पोषिलो खाना खुवाइएको, बालबालिकाको पोषण अवस्था सामान्य भएको हुनुपर्ने, स्वच्छ वातावरणमा वडामा खुल्ला दिसामुक्त अवस्था र सफा खानेपानीको सुनिश्चितता हुनुपर्ने मापदण्ड छन्  । 

उनले भने, ‘स्थानीय उत्पादनको उपभोग बढाउने र कुपोषण न्यूनीकरणमा बहुक्षेत्रीय पहल भएमा पोषणमैत्री वडा घोषणा गर्न सकिने मापदण्ड छ ।’

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १२ : ५८ बजे

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न