युद्धको बीचमा तेल-ग्यासबाट इरानको रेकर्ड कमाई « Khabarhub

युद्धको बीचमा तेल-ग्यासबाट इरानको रेकर्ड कमाई

खाडी देशहरूको उत्पादन ७० प्रतिशतसम्म घट्यो


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकार र इजरायलसँगको युद्धलाई इरानले अवसरमा बदलिदिएको छ।

अमेरिकाले खार्ग आइल्यान्ड नजिकैका सैन्य बेसहरूलाई निशाना बनाएको थियो, तर विश्वव्यापी तेल संकटको डरले तेल टर्मिनललाई प्रत्यक्ष निशाना बनाएन।

यसको फाइदा उठाउँदै इरानले खार्ग टर्मिनल सञ्चालनमा राखेको छ । अहिले ‘अवैध मार्ग’मार्फत चीनलाई आपूर्ति जारी राखेको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र एस एन्ड पी ग्लोबलका अनुसार इरानले दैनिक १.७ देखि २ मिलियन बैरल (१७ देखि २० लाख बैरल) तेल निर्यात गरिरहेको छ। देशको करिब ९० प्रतिशत तेल निर्यात अझै पनि खार्ग टर्मिनलबाट भइरहेको छ।

साउथ पार्स ग्यास फिल्डमा भएको हमलाले निर्यात प्रभावित भएको छ । तर ग्यास आपूर्ति पूर्ण रूपमा बन्द भएको छैन। रिपोर्ट अनुसार होर्मुज स्ट्रेटबाट गुज्रिने विदेशी जहाजहरूबाट इरानले प्रति जहाज करिब १६.५ करोड रुपैयाँ ‘वार ट्याक्स’ पनि असुल गरिरहेको छ।

खाडी देशहरूको उत्पादन ७० प्रतिशतसम्म घट्यो

इरानको होर्मुज स्ट्रेटमा पकड र निरन्तर हमलाका कारण साउदी अरब, कतार, इराक, कुवेत र यूएई जस्ता खाडी देशहरूको आपूर्ति प्रभावित भएको छ।

सुरक्षित समुद्री मार्गको कमी, बढ्दो हमला र लजिस्टिक समस्या कारण यी देशहरूको कुल उत्पादन ७० प्रतिशत सम्म घटेको छ।

मध्यपूर्वमा जारी युद्धको सबैभन्दा प्रत्यक्ष प्रभाव कच्चा तेलमा परेको छ। शुक्रबार ब्रेन्ट क्रूड ३.२६ प्रतिशत बढेर ११२.१९ डलर प्रति ब्यारल पुगेको छ । जुन जुलाई २०२२ पछिको सबैभन्दा उच्च बिन्दु हो।

यदि तेलको मूल्य १०० डलरभन्दा माथि रहिरह्यो भने यसले दक्षिण एसियामा पनि महंगीले उचाइ लिने सम्भावना छ। भारतले पनि त्यहीँबाट तेल ल्याउँछ । जुन तेल नेपालसम्म आइपुग्छ।

होर्मुज स्ट्रेट बन्द हुँदाको असर…

इरानले अवसरको सदुपयोग गरिरहँदा विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरब उत्पादन कायम राख्न संघर्ष गरिरहेको छ।

तेल उत्पादन दैनिक १ करोड ब्यारलबाट घटेर ८० लाख ब्यारलमा झरेको छ। पूर्व-पश्चिम पाइपलाइनमार्फत् यनबूसम्म तेल पुर्‍याइएको छ, तर यो पर्याप्त छैन।

होर्मुज स्ट्रेट बन्द हुँदा स्टोरेज ट्यांक भरिएका छन्, जसले अराम्को कम्पनीले धेरै कुवाहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ।

उता कतारले विश्वको २० प्रतिशत ग्यासको आवश्यकता पूरा गर्छ। अब कतारको रास लफान ग्यास पूर्वाधारमा हमला भएपछि ‘फोर्स मेज्योर’ लागू गरिएको छ । अर्थात् अब कतारबाट आपूर्तिको ग्यारेन्टी छैन।

देशको एलएनजी निर्यात क्षमता १७ प्रतिशत घटेको छ । ट्यांकरहरू बन्दरगाहमा रोकिएका छन्, जसले विश्वव्यापी मूल्यमा दबाब बढाएको छ।

इराकमा बीपी, ईएनई र टोटल जस्ता विदेशी कम्पनीहरूले कर्मचारी फिर्ता बोलाएका छन्। होर्मुज स्ट्रेट बन्द हुँदा उत्पादन ४३ लाखबाट घटेर १३ लाख दैनिक ब्यारल पुगेको छ। अहिले त्यहाँ उत्पादन करिब ७० प्रतिशत गिरावट आएको छ।

वैकल्पिक पाइपलाइन नहुँदा स्टोरेज भरिएका छन्। स्टोरेज भरिएका कारण ‘वेस्ट कुरना’ र ‘मजनून’ जस्ता ठूला फिल्डहरूमा काम रोकिएको छ।

कुवेत पूर्ण रूपमा होर्मुजमा निर्भर छ। नाकाबन्दी र ‘वार ट्याक्स’ कारण निर्यात लगभग ठप्प भएको छ। प्रतिजहाज १६.५ करोड असुली र इन्स्योरेन्स संकटले निर्यात लगभग शून्यमा पुगेको छ।

तेलका कुवाहरूमा दबाब बढ्दा ५० प्रतिशत उत्पादन बन्द गर्नुपरेको छ। बन्दरगाहहरूमा ट्यांकरहरू रोकिएका छन्, तर अगाडि बढ्ने हिम्मत कसैले गरेको छैन।

अर्कातिर अबुधाबीस्थित फुजैराह पाइपलाइन पूर्ण क्षमतामा चलिरहेको छ, तर कुल माग धेरै छ। बाँकी तेल होर्मुजमा फसेको छ।

इरानी हमलाका कारण जहाजहरूको बीमा प्रिमियम ४०० प्रतिशत सम्म बढेको छ, जसले व्यापार महँगो बनाएको छ । फुजैराह पोर्टमा गतिविधि घटेको छ।

इरानी तेल खरिदमा ३० दिनको छुट

विश्वव्यापी तेल र ऊर्जा बजारमा बढ्दो महंगीबाट अमेरिका पनि प्रभावित छ। महंगी नियन्त्रण गर्न उसले २० मार्चमा इरानी तेल खरिदमा प्रतिबन्धमा ३० दिनको छुट दिएको छ। यो छुट केवल समुद्रमा रहेका इरानी तेल ट्यांकरहरूको खरिदका लागि हो।

अमेरिकी ट्रेजरी मन्त्री स्कट बेसेन्टले यसको घोषणा गरेका थिए। ट्रेजरी विभागको वेबसाइट अनुसार यो छुट २० मार्चदेखि १९ अप्रिलसम्मका लागि हो।

स्कट बेसेन्टले विश्वका लागि यो अस्थायी आपूर्ति खोल्दा ग्लोबल बजारमा करिब १४ करोड बैरल तेल छिट्टै आउने बताए। यसले दुनियाँभर ऊर्जा उपलब्धता बढाउने र आपूर्तिमा परेको अस्थायी दबाब कम गर्न मद्दत गर्नेछ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १ : ४० बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।