विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा « Khabarhub

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न समयमै प्राप्त हुने मौसम पूर्वानुमान र पूर्व सूचना प्रणालीको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन् । 

विश्व जल तथा मौसम दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले प्राकृतिक प्रकोपबाट हरेक वर्ष नेपालमा ठूलो धनजनको क्षति हुने गरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न समयमै प्राप्त हुने पूर्वानुमान र पूर्व सूचना प्रणालीको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका हुन् । 

मौसम पूर्वानुमानका लागि देशका विभिन्न स्थानमा स्थापना गरिएको मानव संसाधन सञ्चालितदेखि स्वचालित मापन केन्द्रहरू तथा राडार, स्याटलाइट तथा रेडियो सञ्चार जस्ता अत्याधुनिक उपकरण र प्रविधिहरूको व्यवस्थापनलाई पनि निरन्तरता दिन अति आवश्यक रहेको उनले बताए ।

मन्त्री सिन्हाले मौसमका कारण देशभर एकैसाथ निर्वाचन हुन सक्छ वा सक्दैन भन्ने आशंककाबीच मौसम पूर्वानुमान र पूर्व सूचना प्रणालीका कारण नै हिमाली क्षेत्रलगायत देशैभर एकैसाथ निर्वाचन गर्न समेत सफल भएको धारणा राखे।

विपद् व्यवस्थापन, कृषि, जलस्रोत व्यवस्थापन, ऊर्जा उत्पादन, उड्डयन सुरक्षा तथा भौतिक पूर्वाधार क्षेत्रलगायतका धेरै क्षेत्रहरू मौसम सेवामा प्रत्यक्ष निर्भर रहेकाले जल तथा मौसम सेवाको विस्तार, सुदृढीकरण र आधुनिकीकरण आजको अपरिहार्य अवस्था रहेको उनले बताए ।

मन्त्री सिन्हाले पूर्वानुमान पूर्वानुमान प्रणालीलाई अझ विश्वसनीय, वैज्ञानिक र प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विस्तार तथा दक्ष जनशक्तिको विकासमा बढी जोड दिइएको उल्लेख गरे । 

त्यस्तै जल तथा मौसम विज्ञान विभागकी निमित्त महानिर्देशक डा. अर्चना श्रेष्ठले जलवायु परिवर्तनका कारण हुनसक्ने जोखिम र चुनौतीलाई चिर्न मौसम पूर्वानुमान र पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए । जल तथा मौसम विज्ञानको नीति तयार भइसकेको भन्दै उनले ऐन बनेपछि सेवा सुधारमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइएको हो । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  २ : १७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६