हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु  « Khabarhub

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र उनका नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।  

बडीमालिका नगरपालिका–१ सल्लेनाकी २१ वर्षीया सुरता कुमारी रोकाया र उनका शिशुको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। 

परिवारका अनुसार, मुटु रोगबाट पीडित सुरतालाई चिकित्सकले दोस्रो सन्तान नजन्माउन सुझाव दिएका थिए । तर पुनः गर्भवती बनेपछि गर्भावस्थाको अन्तिम चरणमा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

गाउँमा आवश्यक उपचार सम्भव नभएपछि उनलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको थियो । अस्पतालमा चिकित्सकहरूले आमा र शिशु दुवैलाई बचाउन प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  २ : १५ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६