सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो काठमाडौं महानगर « Khabarhub

सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो काठमाडौं महानगर


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौँ महानगरपालिकाका यस वर्षको जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) जात्रा सञ्चालनका लागि जुटेको छ । 

कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा आज बसेको बैठकमा रथयात्रा मार्ग व्यवस्थापन, धार्मिक, सांस्कृतिक तथा सामाजिक कामको समन्वय, शान्तिसुरक्षा गरिमालगायत विषयमा सम्बन्ध भएका निकायसँग छलफल भएको छ ।  

जात्रा कामपाको नौवटा वडा ९१, १९, २०, २१, २३, २४, २५, २७ र २८० मा सञ्चालन हुने बैठकमा जानकारी गराइएको छ । छलफलमा कार्यवाहक प्रमुख डङ्गोलले जात्रा सञ्चालनका लागि दिँदै आएको सहयोग रकम रु १० लाखबाट रु २० लाख पुर्‍याइएको बताइन्। 

‘जात्रामा सहभागी श्रद्धालुलाई गरिमामय उत्सवको अनुभूति गराउने दायित्व सबै मिलेर बहन गरौँ’, उनको भनाइ थियो । 

‘चुस्त सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा संयन्त्र परिचालन गर्नेछ,’ काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, ‘जात्राको भव्यता बढाउन स्थानीयदेखि साझेदार सबैसँग समन्वय गर्ने दायित्व कामपाले लिनुपर्छ ।’ 

जात्रा सञ्चालन हुने मार्गहरूको मर्मतसम्भार तथा सुधार, सरसफाइसहित व्यवस्थापनको काम कामपाले गर्नेछ । कामपाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले भने, ‘जात्रा अवलोकनका लागि सहज वातावरण बनाउने काम गरौँ ।’

सेतो मच्छिन्द्रनाथका मूल पुजारी एवं कामपाका पूर्ववडाध्यक्ष नीलकाजी शाक्यले भने, ‘यसको सन्देश विश्वलाई बुझाउनु पर्नेछ । यसलाई अपनत्व गराउने गरी समन्वय गरौँ ।’

जनवहाः द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव बज्राचार्यका अनुसार यस वर्ष चैत १२ गते केलटोलबाट खट यात्रा सुरु हुनेछ । त्यसै दिन राति १०ः०० बजे राष्ट्रपति दर्शनका लागि असन आउने कार्यक्रम छ । १३ गते साँझ ५ः०० बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ । 

यसैगरी, १४ गते साँझ ५ः०० बजे हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म पुर्‍याइन्छ । १५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रूखको परिक्रमा गराइन्छ । 

त्यसको भोलिपल्ट चैत १६ गते रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्‍याइन्छ । 

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  २ : ४१ बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा