५ अंकले बढ्यो नेप्से, १५ अर्ब ७८ करोडको कारोबार « Khabarhub

५ अंकले बढ्यो नेप्से, १५ अर्ब ७८ करोडको कारोबार


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०१ अङ्कले बढेर दुई हजार ९३६ दशमलव ५६ को विन्दुमा कायम भएको हो ।

आज ३४२ कम्पनीको तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर एक लाख ५६ हजार ३८१ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैङ्किङ शून्य दशमलव २७, विकास बैङ्क शून्य दशमलव ५०, होटल तथा पर्यटन शून्य दशमलव ८६, जीवन बिमा शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ०४ र अन्य समूह शून्य दशमलव ५९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । 

वित्त शून्य दशमलव २०, जलविद्युत् शून्य दशमलव ९६, लगानी शून्य दशमलव ७२, उत्पादन तथा प्रशोधन एक दशमलव ५३, लघुवित्त शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ८८ र अन्य समूह शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

आज सलपा विकास बैङ्क लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज फस्ट म्युचुअल फन्डको शेयर मूल्य तीन दशमलव ७१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज कुमारी बैङ्क लिमिटेडको सबैभन्दा धेरै रु ६७ करोड २३ लाख ७८ हजार १५६ बराबरको २७ लाख ६८ हजार १०९ कित्ता शेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ३ : ५७ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।