‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला « Khabarhub

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला भएको छ ।

चलचित्र विकास बोर्डले सोमबार सूचना गरी सम्बन्धि पक्षलाई आवेदनका लागि जानकारी दिएको हो ।

राष्ट्रिय चलचित्र पुरस्कार लागि ०८२ वैशाख १ देखि चैत मसान्तभित्र सार्वजनिक र प्रदर्शन भएका फिल्महरूले आवेदन दिन सक्ने उक्त सूचनामा उल्लेख छ ।

विशेष चलचित्रका लागि यही वर्षमा सेन्सर गरिएका फिल्महरूले आवेदन दिन सक्ने बताइएको छ ।

सार्वजनिक फिल्महरूले आदिवासी, जनजाति तथा मातृभाषी विधाका लागि आवेदन दिन सक्नेछन् । तर, यस्ता फिल्महरूले एक मात्रै विधामा आवेदन दिन पाउनेछन् ।

बोर्डको आधिकारिक वेबसाइटमा गएर आवेदन फारम लिन सकिने बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ४ : ०५ बजे

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध