गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु « Khabarhub

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई केन्द्रमा राखेर नयाँ बानेश्वरस्थित ‘उमोजा कफी’मा तस्बिर प्रदर्शनी सुरु भएको छ ।

एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा सुरु गरिएको ‘गतलाङका महिलाको सङ्घर्ष’ शीर्षक प्रदर्शनीमा फोटो पत्रकार केशवराज थोकरले खिचेका १६ वटा तस्बिर प्रस्तुत गरिएका छन् ।

प्रदर्शनीको मुख्य उद्देश्य ग्रामीण महिलाको श्रम, संघर्ष र योगदानलाई उजागर गर्दै उनीहरूप्रति सम्मान प्रकट गर्नु रहेको आयोजकले जनाएको छ ।

आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको प्रदर्शनी दुई दिनसम्म सञ्चालन हुनेछ ।

गतलाङ गाउँ, करिब ६ सय घरधुरी रहेको तामाङ र दलित समुदायको बसोबास क्षेत्र, कृषि, पशुपालन र पर्यटनमा आधारित जीवनशैलीका लागि परिचित छ । विशेषतः महिलाहरूले घरायसी कामदेखि पशुपालन, खेतीपाती र ऊनबाट राडीपाखी उत्पादनसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

दोलखामा जन्मेका फोटो पत्रकार थोकर करिब दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन्। उनले ‘नेपाल समाचारपत्र’बाट यात्रा सुरु गरी ‘नागरिक दैनिक’ लगायतका सञ्चारमाध्यममा काम गरेका छन् । हाल उनी स्वतन्त्र रूपमा कार्यरत छन्। उनको ‘लाइफ इन प्यान्डेमिक’ नामक फोटो पुस्तक प्रकाशित भइसकेको छ, जसमा कोभिड–१९ महामारीका प्रभावहरू चित्रण गरिएको छ।

थोकरले समाजमा ओझेल परेका विषयलाई फोटोकथामार्फत् उजागर गर्ने लक्ष्य लिएका छन्। ‘आवाजविहीनहरूको आवाजलाई दृश्य कथामार्फत प्रस्तुत गरिरहनेछु,’ उनले बताएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ५ : ४९ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका