अर्थविद् केशव आचार्यको निधन « Khabarhub

अर्थविद् केशव आचार्यको निधन


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरले जानकारी दिए ।

आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको र मंगलबार दाहसंस्कार गरिने  शिखरले बताए।

गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।

आचार्यको छोरी अचला अमेरिकाबाट मंग्लबार बिहान काठमाडौँ आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकमा करिब तीन दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गरेका आचार्यले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकासमेत निभाएका थिए । उनी मौद्रिक तथा वित्त नीतिका ज्ञाता मानिन्थे

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ४ : ३२ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६