पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा « Khabarhub

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि व्यापक सैन्य आक्रमणको योजनालाई तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच मध्यपूर्वमा जारी शत्रुता अन्त्य गर्ने विषयमा निकै सकारात्मक र फलदायी कुराकानी भएको जानकारी दिए ।

उनले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएका सबै सैन्य हमलालाई पाँच दिनका लागि रोक्न निर्देशन दिएको जनाएका छन् । अहिले दुवै पक्षबीच भइरहेको गम्भीर र विस्तृत छलफलका आधारमा आफूले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएका सबै सैन्य हमलालाई पाँच दिनका लागि रोक्न निर्देशन दिएको ट्रम्पको भनाइ छ ।

यसअघि उनले ४८ घण्टाभित्र इरानले होर्मुज जलडमरु नखोले त्यहाँका ऊर्जा केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा इरानले पनि आफूमाथि हमला भए पश्चिम एसियाका ऊर्जा केन्द्र र अन्य संवेदनशील पूर्वाधारमा कडा जवाफी कारबाही गर्ने चेतावनी दिएपछि विश्वभर चिन्ता बढेको थियो ।

यो अवधिमा हुने वार्ताको सफलताका आधारमा आगामी कदम चालिने उनले स्पष्ट पारेका छन् । जारी वार्ता यसै हप्ताभरि चल्ने र यसले दुई देशबीचको तनावलाई पूर्ण रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ५ : ०९ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को