पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा « Khabarhub

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि व्यापक सैन्य आक्रमणको योजनालाई तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच मध्यपूर्वमा जारी शत्रुता अन्त्य गर्ने विषयमा निकै सकारात्मक र फलदायी कुराकानी भएको जानकारी दिए ।

उनले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएका सबै सैन्य हमलालाई पाँच दिनका लागि रोक्न निर्देशन दिएको जनाएका छन् । अहिले दुवै पक्षबीच भइरहेको गम्भीर र विस्तृत छलफलका आधारमा आफूले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएका सबै सैन्य हमलालाई पाँच दिनका लागि रोक्न निर्देशन दिएको ट्रम्पको भनाइ छ ।

यसअघि उनले ४८ घण्टाभित्र इरानले होर्मुज जलडमरु नखोले त्यहाँका ऊर्जा केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा इरानले पनि आफूमाथि हमला भए पश्चिम एसियाका ऊर्जा केन्द्र र अन्य संवेदनशील पूर्वाधारमा कडा जवाफी कारबाही गर्ने चेतावनी दिएपछि विश्वभर चिन्ता बढेको थियो ।

यो अवधिमा हुने वार्ताको सफलताका आधारमा आगामी कदम चालिने उनले स्पष्ट पारेका छन् । जारी वार्ता यसै हप्ताभरि चल्ने र यसले दुई देशबीचको तनावलाई पूर्ण रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ५ : ०९ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा