अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान « Khabarhub

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको तस्निम समाचार संस्थाले अमेरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष कुनै किसिमको वार्ता नभएको प्रष्ट्याएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई दिनदेखि राम्रो र सिर्जनात्मक वार्ता भएको दाबी गरेका थिए । आफ्नै स्वामित्वको ट्रुथ सोसल सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले यस्तो ‘गहिरो, विस्तृत र सिर्जनात्मक’ वार्ता आगामी सातासम्म जारी रहने जनाएका थिए ।

उनले वार्ता जारी रहेकाले इरानका ऊर्जा पूर्वाधारलाई लक्षित गरी यसअघि ४८ घण्टाभित्र गर्ने भनिएको सैन्य कारवाही पाँच दिनका लागि स्थगित गरिएको घोषणा समेत गरेका थिए । ट्रम्पको यस्तो दाबी यसबारे इरानी पक्षले खारेज गरेको हो ।

नाम उल्लेख नगरिएका वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै तस्निमले जनाएअनुसार इरानको ‘विश्वसनीय सैन्य धम्की’ पछि ट्रम्प पछि हटेका हुन् । स्रोतका अनुसार वित्तीय बजार तथा अमेरिका र पश्चिमा मुलुकको ऋणपत्रमा जोखिम उत्पन्न हुने दबाबका कारण पनि ट्रम्प पछि हट्न बाध्य भएका हुन् ।

युद्ध सुरु भएदेखि आजसम्म पनि विभिन्न मध्यस्थकर्तामार्फत् इरानसमक्ष सन्देश आइरहेका छन् । इरानले भने आफ्नो रक्षा गर्न जारी राख्ने सन्देश दिँदै आएको छ ।

हालसम्म कुनै किसिमको वार्ता नभएकोमा जोड दिँदै उक्त स्रोतले होर्मुजको जलक्षेत्रलाई युद्धपूर्वको अवस्थामा फर्किन र ऊर्जा बजारलाई स्थीर हुन नदिने इरानको अडान कायमै रहेको जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ६ : ३४ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको