केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ « Khabarhub

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाकै कर्जन्हा नगरपालिका–७ मेरवा बस्ने ३८ वर्षीय अञ्जनी कुशवाहा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कर्जन्हाबाट खटिएका प्रहरी टोलीले आज उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार उनी कर्तव्य ज्यान मुद्दामा काठमाडौँस्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए । 

पक्राउ परेका कुशवाहालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ७ : ०४ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत