मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ « Khabarhub

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा भएका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार पहिलो घटना लहान नगरपालिका–८ मा भएको हो । सो स्थानमा बस्ने दिलीप साह र उनकी श्रीमती सुनिताले तीन महिलालाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा पक्राउ गरिएको छ । उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

दोस्रो घटना लहान–३ अस्पताल चोकमा रहेको ‘अनलाइ होटल एन्ड लज’मा भएको हो । होटल सञ्चालिका ४० वर्षीया अर्चनाकुमारी चौधरीले चार महिलालाई सप्तरीको सुरुङ्गा–९ टिकुलियाका २१ वर्षीय अशोककुमार चौधरी, २० वर्षीय नितिककुमार चौधरी र १९ वर्षीय आकाश चौधरीसँग मिलेर वेश्यावृत्ति गराएको आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न चारै जनालाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

त्यसैगरी, तेस्रो घटना धनगढीमाई नगरपालिका–११ स्थित ‘खुश्बु होटल एन्ड लजका सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साहले दुई महिलालाईसप्तरीको बलानबिहुल–६ का ३८ वर्षीय शिवकुमार यादवसँग मिलेर जबर्जस्ती वेश्यावृत्ति गराएको प्रहरीको आरोप छ । उनीहरूलाई पनि सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रहरीले सबै घटनाका पीडित महिलाको पहिचान गोप्य राख्दै उनीहरूलाई ‘सांकेतिक नाम’ दिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ । जिल्लामा पछिल्लो समय होटल तथा निजी घर प्रयोग गरी यस्ता अवैध गतिविधि सञ्चालन गरिएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ ।
 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ७ : ४३ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई