प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि « Khabarhub

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई परम्परागत तरिकाले आलुखेती गर्दा कामदार पाउनै मुस्किल हुन्थ्यो । कामदार पाइहालेमा लागत धेरै र समय बढी लाग्ने गथ्र्यों । अचेल भने उनले त्यो समस्याबाट केही मुक्ति पाएका छन् । त्यसको कारण हो—प्रविधिको प्रयोग ।

हाल ठाकुरले आलु रोप्ने र खन्ने मेसिन (पोटाटो प्लान्टर र पोटाटो डिगर) प्रविधिको प्रयोग गर्छन् , त्यसले आलु रोप्दा र खन्दा लाग्ने आधाभन्दा धेरै खर्च जोगिएको छ । ‘परम्परागत ढङ्गले आलुखेती गर्दा प्रतिकठ्ठा तीन जनाभन्दा धेरै श्रमिक लगाउनुपर्ने हुन्थ्यो । प्रतिश्रमिक रु पाँच सयका दरले पनि पन्ध्र सय खर्च हुन्थ्यो’, उनले भने, ‘हाल मेसिनबाट रोप्दा प्रतिकठ्ठा रु पाँच सयले पुग्ने गरेको छ । एकातर्फ खर्च घटिरहेको छ भने अकोतर्फ श्रमिक नपाउने समस्याबाट पनि मुक्त भएका छौँ ।’

ठाकुरले यसपालि सवा तीन बिघा क्षेत्रफलमा आलुखेती गरेको र प्रविधिले धेरै सहयोग पुगेको बताए । ‘परम्परागत ढङ्गले आलुखेती गर्दा वार्षिक रु एक लाख जोगाउन पनि मुस्किल हुन्थ्यो । प्रविधिको प्रयोग गरेरपछि सबै खर्च कटाएर रु तीन लाखभन्दा धेरै आम्दानी हुने गरेको छ’, उनले भने ।

फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले पालिकाले ठाकुरले मात्रै होइन, आलु रोप्ने मेसिन अनुदानमा उपलब्ध गराएपछि यहाँ अरु धेरै किसानले लाम लिएको बताए । ‘प्रविधिको प्रयोगपछि उत्पादनमा वृद्धि भएको छ । किसानलाई प्रोत्साहनका लागि आगामी आर्थिक वर्षको बजेटमा थप आधुनिक मेसिनको प्रयोग गरेर खेती गर्ने कार्यक्रम ल्याउँछौँ’, उनले बताए ।

कृषि औजार अनुसन्धान केन्द्र रानीघाटका प्रमुख सचिनकुमार मिश्रले किसानलाई प्रविधिको प्रयोगले लागत र समय घटाउँदै किसानको आम्दानी बढाउन निकै सहयोग पुगिरहेको बताए । ‘लामो समयको अनुसन्धानपछि हामीले किसानको खर्च र समयको लागत घटाउँदै आम्दानी बढाउने प्रविधिको प्रयोगमा जोड दिन सहजीकरण गरेका हौँ । मेसिनको प्रयोग गर्दा किसानलाई निकै फाइदा पुगिरहेको छ । केन्द्रले आलुखेतीमा मात्रै नभएर गहुँखेतीमा पनि प्रविधिको प्रयोगमा जोड दिँदै आइरहेको छ’ उनले भने ।

पर्साको जगरनाथपुर गाउँपालिका–३ विजबनियाँका किसानले पनि ‘हारभेस्टर मेसिन’को सहायताले गहुँखेती गर्दा लागत र श्रमिकको खर्चमा न्यूनीकरण भएको बताएका छन् । स्थानीय किसान अभयप्रसाद यादवले मेसिनको प्रयोग गरेर गहुँखेती गर्दा पहिलाको तुलनामा बाली लगाउँदा लाग्ने लागतमा धेरै कमी आएको बताए । ‘परम्परागत ढङ्गले खेती गर्दा धेरै लागत लाग्ने गथ्र्यो । कामदारको पनि त्यस्तै अभाव झेल्नु परिरहेको थियो’ उनले भने, ‘हाल मेसिनको प्रयोगले खर्च घटाउँदै थोरै लागतमा गहुँबाली उत्पादन गर्न थालेका छौँ ।’

कृषि अनुसन्धान निर्देशनालयका निर्देशक विश्वेश्वरप्रसाद यादवले सरकारले प्रविधि प्रयोग गरेर खेती गर्न प्रोत्साहन गर्दै आइरहेको बताए । ‘प्रविधिको प्रयोगले खेती गर्न धेरै सहज र सुलभ बनाइरहेको छ’, उनले भने, ‘स्थानीय सरकारले सामूहिक खेती गर्नका लागि किसानसमक्ष प्रविधि हस्तान्तरण गर्न जरूरी भइसकेको छ ।’

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा कृष्ण तिम्सिनाले सरकारले उन्नत बीउबिजन र प्रविधिमैत्री कृषि गर्नका लागि किसानलाई प्रोत्साहन गर्दै आइरहेको बताए । ‘अब पनि परम्परागत ढर्राले खेती गरेर किसानले अपेक्षाकृत लाभ लिनसक्दैनन् । त्यसैले अत्याधुनिक प्रविधिसँगै कृषि क्षेत्रलाई अघि बढाउन आवश्यक भइसकेको छ । यसका साथै अब सीमावर्ती क्षेत्रका किसानले भारतीय बीउबिजनभन्दा पनि स्वदेशी बीउबिजन प्रयोग गरेर खेती गर्न हाम्रो आग्रह छ’ उनले भने ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ८ : ४१ बजे

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति