विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण « Khabarhub

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नगर प्रहरीलाई प्रशिक्षण दिइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रको प्राविधिक व्यवस्थापनमा चार दिने प्रशिक्षण दिइएको हो ।

समुदायसँगको सहकार्यमा सुरक्षा निकायको एकीकृत पहलले मात्रै विपद् व्यवस्थापन प्रभावकारी हुने उद्देश्यका साथ प्रशिक्षण आयोजना गरिएको प्राधिकरणले जनाएको छ ।

यही चैत ६ गतेदेखि सुरु भई आज सम्पन्न प्रशिक्षणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका आठ–आठ जनाका दरले २४ जना र ललितपुर महानगरपालिकाका दुई जना नगर प्रहरी गरी २६ जनालाई प्रशिक्षण दिइएको प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले जानकारी दिए ।

नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले यस प्रकारको प्रशिक्षणले खोज तथा उद्धार क्षमता वृद्धि गर्नुका साथै प्रतिकार्य गर्दा सुरक्षा निकायबीच एकरुपता बढाउन पनि मद्दत मिल्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ८ : ५५ बजे

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक