चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन « Khabarhub

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई निर्देशन दिएको छ ।

केन्द्रीय निर्वाचन समीक्षाका लागि प्रतिवेदन पठाउन निर्देशन दिइएको पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बताए । ‘तल्ला कमिटीका सुझावका आधारमा हामीले केन्द्रीय बैठकमार्फत पनि समीक्षा गर्नेछौँ,’ उनले भने।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी २५ सिट प्राप्त गरेको छ । एमालेका ९ उमेदवार प्रत्यक्षतर्फ विजयी भएका थिए ।

समानुपातिकतर्फ एमालेले १६ सिट प्राप्त गर्यो । यस पटकको चुनावमा प्रत्यक्षतर्फ उमेदवारी दिएका एमालेको सिंगो पदाधिकारी नै पराजित हुन पुगे ।

यसबारे समीक्षाका लागि एमालेले तल्लो कमिटीबाट प्रतिवेदन माग गरेको हो । निर्वाचनको केन्द्रीय समीक्षाका लागि सचिवालय र केन्द्रीय कमिटी बैठक छिट्टै राख्ने अधिकारीले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : ०४ बजे

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

काठमाडौँ– भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने