चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन « Khabarhub

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई निर्देशन दिएको छ ।

केन्द्रीय निर्वाचन समीक्षाका लागि प्रतिवेदन पठाउन निर्देशन दिइएको पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बताए । ‘तल्ला कमिटीका सुझावका आधारमा हामीले केन्द्रीय बैठकमार्फत पनि समीक्षा गर्नेछौँ,’ उनले भने।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी २५ सिट प्राप्त गरेको छ । एमालेका ९ उमेदवार प्रत्यक्षतर्फ विजयी भएका थिए ।

समानुपातिकतर्फ एमालेले १६ सिट प्राप्त गर्यो । यस पटकको चुनावमा प्रत्यक्षतर्फ उमेदवारी दिएका एमालेको सिंगो पदाधिकारी नै पराजित हुन पुगे ।

यसबारे समीक्षाका लागि एमालेले तल्लो कमिटीबाट प्रतिवेदन माग गरेको हो । निर्वाचनको केन्द्रीय समीक्षाका लागि सचिवालय र केन्द्रीय कमिटी बैठक छिट्टै राख्ने अधिकारीले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : ०४ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना