रुस, बेलारुस र मोरक्कोसँग मल किन्ने भारतको तयारी « Khabarhub

रुस, बेलारुस र मोरक्कोसँग मल किन्ने भारतको तयारी


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले आगामी खेतीको सिजनका लागि रुस, बेलारुस र मोरक्कोसँग रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । मध्यपूर्वमा जारी तनाव र चीनले निर्यातमा लगाएको प्रतिबन्धका कारण मलको अभाव हुन सक्ने डर छ ।

त्यसैले भारतले यी देशहरूसँग आपूर्ति बढाउन छलफल अघि बढाएको हो । कृषि प्रधान देश भारतले मुख्यतया युरिया, डीएपी र पोटास आयात गर्छ । भारतको कुल डीएपी र युरिया आयातको करिब आधा हिस्सा मध्यपूर्वका देशहरूबाट आउँछ ।

साउदी अरब र ओमान यसका प्रमुख आपूर्तिकर्ता हुन्। हाल भारतसँग गत वर्षको तुलनामा मलको मौज्दात बढी छ । तर युद्ध लामो समयसम्म चलेमा भविष्यमा समस्या पर्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन् । भारतीय कम्पनीहरूले आफ्ना लागि छुट्टाछुट्टै मल आयात गर्छन्।

तर विदेशी बिक्रेतासँग मूल्य तय गर्दा उनीहरूले सामूहिक रूपमा वार्ता गर्छन् । भारत सरकारले किसानलाई सस्तोमा मल उपलब्ध गराउन ठूलो अनुदान दिने गर्छ । भारतको परराष्ट्र मन्त्रालयका अनुसार मल आपूर्तिका लागि विभिन्न देशहरूसँग निरन्तर सम्पर्क भइरहेको छ । सम्भावित संकटलाई ध्यानमा राखेर सरकारले बोलपत्र समेत आह्वान गरिसकेको छ ।

सरकारी तथ्याङ्क अनुसार अहिले युरिया र डीएपीको भण्डारण गत वर्षको तुलनामा राम्रो छ । जुन र जुलाई महिनामा धान, मकै र कपास खेती सुरु भएपछि मलको माग ह्वात्तै बढ्छ । त्यसैले भारतले मार्चदेखि मे महिनाको बीचमा धेरै मल आयात गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  २ : १० बजे

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख