कंक्रिट मोहले मौलिकता गुमाएको बारपाक (तस्बिरहरू) « Khabarhub

कंक्रिट मोहले मौलिकता गुमाएको बारपाक (तस्बिरहरू)


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा जिल्लाकै सबैभन्दा ठूलो, घना बस्ती भएको बारपाकले अहिले आफ्नो मौलिकता गुमाएको भएको छ ।

सडक सञ्जालको सहज पहुँच, दैनिक रुपमा आउने आन्तरिक र बाह्य पर्यटकहरूको लागि सुविधा सम्पन्न होटल, खानामा स्थानीय उत्पादन भन्दा पनि बाहिरबाट भित्रिए खानेकुराले प्राथमिकता पाएको देखिन्छ ।

गाउँभित्र जबरजस्ती लगिएको जस्तो साँगुरो सडक, सिमेन्ट, बालुवाका ट्याक्टर, कोही स्थानीय सडकमा रड सोझ्याउँदै, कहीँ घरका जग खाँदै गरेका त कोही घर निर्माणको अन्तिम चरणका काम गर्दै गरेका दृश्यहरू अहिले बारपाकका हरेक टोलमा देख्न पाइन्छ ।

२०७२ सालको गोरखा भूकम्पको केन्द्रित बारपाकमा अहिले मौलिक घरले भन्दा पनि बढी प्राथमिकता कंक्रिटको घरहरूले पाई रहेको छ ।

मौलिक र परम्परागत घरहरू केही मात्र बाँकी रहे पनि अहिले बालुवा, सिमेन्ट, इट्टा र रडको प्रयोग गरी बनाइएको कङ्क्रिट घरहरूको सङ्ख्या बढेको छ ।

घर बनाउँदै गरेका स्थानीय मोहनभगी गुरुङका अनुसार २०७२ सालको भूकम्प पछि यस्तो सिमेन्टको घरहरू धेरै बनेका छन् ।

पुरानो घरभन्दा यो घर भूकम्पका अलि सुरक्षित हुने एउटा कारण र अर्को कारण गाउँको प्रायः जस्तो मानिसहरू विदेशमा छन्, केहीमा केही रुपमा आर्थिक रूपले सक्षम पनि भएका छन् त्यसैले पनि गाउँमा यस्तो घर (कङ्क्रिट) बनेको उनले बताए ।

‘अहिले गाउँ आर्थिक रुपमा हुनेखाने वर्गले यस्तो पक्की घर बनाएका छन् भने अरु चाहिँ पुरानो घरलाई मर्मत गरी बस्दै छन्, उनले भने ।

काठमाडौंबाट घुम्न आएका दिपेश दर्शनधारीले भने, काठमाडौं भन्दा धेरै शान्त बारपाकले आफ्नो मौलिकता भने गुमाएछ । लाहुरेहरुको वीरगाथा र पछिल्लो समय भूकम्पको केन्द्रबिन्दु भएर विश्वले चिनेको बारपाक बासीले मौलिकता र स्थानीय उत्पादनमा जोड दिनु पर्ने दर्शनधारीले बताए ।

मकै, जौ, गहुँ, कोदो, सिलाम लगायत विभिन्न तरकारी स्थानीय स्तरमै उत्पादन हुने भएपनि, यातायातको सहज पहुँचले सदरमुकाम गोरखा बजार, चितवनसम्म बाट तरकारी र अन्य खाद्य वस्तु बारपाक भित्रने गरेको छ ।

बारपाक बासीले  ऐतिहासिक पक्ष, मौलिकता र स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी पर्यटन प्रवद्र्धनमा जोड आवश्यक देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  १२ : ५६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह