कमजोर नौसेना भए पनि उस्तै छ स्ट्रेट अफ होर्मुजमा इरानको दबदबा « Khabarhub

कमजोर नौसेना भए पनि उस्तै छ स्ट्रेट अफ होर्मुजमा इरानको दबदबा


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले बुधबार दुई व्यापारिक जहाज नियन्त्रणमा लिएको छ। अमेरिकी संस्था सीएनएनका अनुसार यस क्रममा तीव्र गतिका साना डुङ्गाहरू प्रयोग गरिएको थियो।

यसले स्पष्ट इरानको नौसेना कमजोर भए पनि उसले स्ट्रेट अफ होर्मुज क्षेत्रमा अझै प्रभाव पार्न सक्ने क्षमता राख्ने देखाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षा मन्त्री हेगसेथले बारम्बार इरानको नौसेना लगभग समाप्त भइसकेको बताएका छन् । उसका करिब १५० ठूला युद्धपोत डुबाइसकिएको दाबी उनीहरूको छ।

तर ती प्रायः ठूला युद्धपोतहरू इरानको नियमित नौसेनासँग सम्बन्धित थिए। अमेरिकी गुप्तचर जानकारी अनुसार इरानको रिभोलुसनरी गार्डसँग अझै पनि करिब आधा शक्ति बाँकी छ।

यसमा हजारौँ साना र तीव्र गतिका डुङ्गाहरू समावेश छन्। यी डुङ्गाहरू सैनिक तथा जहाज-रोधी क्षेप्यास्त्रले सुसज्जित हुन सक्छन् । सतह र हवाई लक्ष्यमा आक्रमण गर्न यी सक्षम छन्।

अलग रूपमा हेर्दा यी डुङ्गाहरूले अमेरिकी युद्धपोतको सामना गर्न सक्दैनन्। ठूलो जहाज डुबाउन पनि कठिन हुन्छ। तर यदि यिनले दर्जनौँको संख्यामा एकैपटक आक्रमण गरेमा आपत् ल्याइदिन सक्छन् । ड्रोन तथा जमिनबाट प्रहार हुने क्षेप्यास्त्रसँग मिलेर काम गर्दा दुष्मनलाई ठूलो क्षति पुर्‍याउन सक्छन्।

इरानमा होर्मुज नियन्त्रणबारे छलफल

इरानमा होर्मुज जलसन्धि (स्ट्रेट अफ होर्मुज) लाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा योजना बनाइँदैछ। तेहरान टाइम्ससँग एक सांसदले बताएअनुसार यो योजना संसद्मा पेश भइसकेको छ । देशको सर्वोच्च सुरक्षा परिषद्ले पनि यसको समीक्षा गर्ने तयारी गरेको छ।

संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सांसद फदाहोसेन मालेकीका अनुसार यस विषयमा समितिका साथै संसद्का अन्य बैठकहरूमा छलफल भइरहेको छ।

नाकाबन्दीबीच इरानी तेल ट्याङ्कर रोकिएनन्

वैश्विक ऊर्जा तथा माल ढुवानी बजार अनुगमन गर्ने विश्लेषण कम्पनी भर्टेक्साका अनुसार अमेरिकाद्वारा इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएपछि एक हप्ताभित्र प्रतिबन्धित तथा इरानसँग सम्बन्धित ३४ तेल ट्याङ्करहरूको आवागमन देखिएको छ।

समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार, कम्पनीले १३ अप्रिलदेखि सोमबारसम्म १९ ट्याङ्कर बाहिर गएको र १५ ट्याङ्कर खाडी क्षेत्रमा प्रवेश गरेको जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  २ : ३३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु