इजरायली हमलामा मारिइन् लेबनानकी चर्चित पत्रकार अमल खलील « Khabarhub

इजरायली हमलामा मारिइन् लेबनानकी चर्चित पत्रकार अमल खलील


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बेरूत- लेबनानमा बुधबार भएको इजरायली हवाई हमलामा पत्रकार अमल खलीलको मृत्यु भएको छ।

उनी इजरायल र हिजबुल्लाहबीच जारी संघर्षको रिपोर्टिङ गरिरहेकी थिइन् । उनी रिपोर्टिङकै क्रममा एउटा घरमा आश्रय लिएर बसेकी थिइन्। हमलापछि उनको शव धेरै घण्टासम्म भग्नावशेषमुनि फसेको थियो । जसलाई उद्धारकर्मीले निकालेका हुन् ।

उनी पछिल्ला २० वर्षदेखि लेबनानको अल-अखबारका लागि रिपोर्टिङ गर्दै आएकी थिइन्। मार्चको सुरुदेखि नै उनी उक्त संघर्ष कभर गरिरहेकी थिइन्।

यसअघि पनि एउटा हवाई हमलामा उनी सवार रहेको कारनजिकै आक्रमण भएको थियो। त्यसपछि उनी अल-तिरीस्थित एक घरमा बसेकी थिइन्।

त्यसपछि त्यही घरमा दोस्रो इजरायली हमला भएको थियो, जहाँ उनी लुकेकी थिइन्। इजरायली सेनाले गाउँमा केही व्यक्तिहरूले युद्धविराम उल्लंघन गरेको र त्यसले आफ्ना सैनिकहरूलाई खतरा पुगेको दाबी गरेको छ।

इजरायली सेनाले पत्रकारहरूलाई लक्षित नगरिएको बताएको छ। यस वर्ष हालसम्म लेबनानमा मारिएका पत्रकारहरूको संख्या ९ पुगेको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  २ : ४० बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो