इजरायली हमलामा मारिइन् लेबनानकी चर्चित पत्रकार अमल खलील « Khabarhub

इजरायली हमलामा मारिइन् लेबनानकी चर्चित पत्रकार अमल खलील


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बेरूत- लेबनानमा बुधबार भएको इजरायली हवाई हमलामा पत्रकार अमल खलीलको मृत्यु भएको छ।

उनी इजरायल र हिजबुल्लाहबीच जारी संघर्षको रिपोर्टिङ गरिरहेकी थिइन् । उनी रिपोर्टिङकै क्रममा एउटा घरमा आश्रय लिएर बसेकी थिइन्। हमलापछि उनको शव धेरै घण्टासम्म भग्नावशेषमुनि फसेको थियो । जसलाई उद्धारकर्मीले निकालेका हुन् ।

उनी पछिल्ला २० वर्षदेखि लेबनानको अल-अखबारका लागि रिपोर्टिङ गर्दै आएकी थिइन्। मार्चको सुरुदेखि नै उनी उक्त संघर्ष कभर गरिरहेकी थिइन्।

यसअघि पनि एउटा हवाई हमलामा उनी सवार रहेको कारनजिकै आक्रमण भएको थियो। त्यसपछि उनी अल-तिरीस्थित एक घरमा बसेकी थिइन्।

त्यसपछि त्यही घरमा दोस्रो इजरायली हमला भएको थियो, जहाँ उनी लुकेकी थिइन्। इजरायली सेनाले गाउँमा केही व्यक्तिहरूले युद्धविराम उल्लंघन गरेको र त्यसले आफ्ना सैनिकहरूलाई खतरा पुगेको दाबी गरेको छ।

इजरायली सेनाले पत्रकारहरूलाई लक्षित नगरिएको बताएको छ। यस वर्ष हालसम्म लेबनानमा मारिएका पत्रकारहरूको संख्या ९ पुगेको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  २ : ४० बजे

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि