नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने « Khabarhub

नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद् र प्रदेशसभाका सदस्यहरूले सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा बालबालिका क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सांसदहरुले बालअधिकारमुखी बजेट र नीतिगत व्यवस्थाका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै बाल संरक्षणका कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । 

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज सांसदहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न पार्टीका सांसदहरूले बालबालिका र शिक्षामा हुने लगानी भविष्यको सुनिश्चितता भएकाले यस क्षेत्रमा बजेट वृद्धि हुनुपर्नेमा जोड दिए ।

बालबालिका क्षेत्रमा बजेट वृद्धि गर्ने, बालविवाह अन्त्यसम्बन्धी कार्ययोजनाको कार्यान्वयन, बालमैत्री स्थानीय शासनको प्रवर्द्धन, विद्यालय खाजा कार्यक्रमको वृद्धि, बाल पोषण भत्ता वृद्धि र देशभर विस्तार, बालबालिकासम्बन्धी ऐन र विद्यालय शान्ति क्षेत्र निर्देशिकाको संशोधनलगायत विषयमा सांसदहरूको समान मत रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले यौनिक तथा अल्पसङ्ख्यक बालबालिकाको सवाललाई प्राथमिकता दिनुपर्ने बताइन् । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य बासना थापाले बाल अधिकारका लागि भएका अन्तरर्राष्ट्रिय अभिसन्धी, नेपालको संविधान र विद्यमान ऐन अनुसार उचित बजेट र कार्यक्रम ल्याइनुपर्ने बताइन् ।

नेकपा (एमाले) का राष्ट्रियसभाका सदस्य रोश्नी मेचेले छलफलमा आएका अधिकारमुखी र सकारात्मक सुझावहरूलाई सदनमा आवाज उठाइने बताइन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गणेश विकले बजेट निर्माणमा सांसदहरूको भूमिकालाई महत्त्व दिइनुपर्ने र बालबालिका क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य सरस्वती लामाले बाल विवाह अन्त्य, बाल हिंसाको अन्त्यजस्ता सवालमा सरकार गम्भीर हुनुपर्ने बताए ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानु पौडेल, राजन गौतम, कांग्रेसका निनुकुमारी कर्ण, एमालेका साजिदा खातुन सिद्धिकी, एशुदाकुमारी बराल, नेकपाका पार्वती विकलगायत प्रतिनिधिसभा, राष्ट्रियसभा र बागमती प्रदेशसभाका गरी ३६ सांसद सहभागी थिए ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले जनसङ्ख्याको ३३ दशमलव ८४ प्रतिशत रहेका बालबालिकासम्बन्धी राष्ट्रिय गौरवका योजना हुनुपर्ने र बाल बजेट सङ्केत कायम हुनुपर्नेमा जोड दिए ।

सो अभियानले यसअघि महिला, बालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई आगामी नीति, कार्यक्रम र बजेटमा समावेश हुनुपर्ने विषयहरूबारे ध्यानाकर्षण गराइसकेको छ ।
 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  २ : ५१ बजे

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो