कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने « Khabarhub

कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको छ । बिहीबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरुले सोबारे छलफल गरेका थिए । छलफलबाट भोलि सम्भव भएसम्म सर्वसम्मत र त्यसो हुन नसके निर्वाचन प्रक्रियाबाटै भएपनि दलको नेता चयन गरिने एक नेताले जानकारी दिए ।

‘दलको नेता चयनका लागि आज हामीले छलफल गर्‍यौँ । भोलि बिहान ९ बजेतिरबाटै आकाङ्क्षीको नाम दर्ता लगायत प्रकृया हुन्छ । सर्वसम्मत वा निर्वाचन जे हुन्छ, भोलि हुन्छ,’ सांसद भरतबहादुर खड्काले बिहीबार दिउँसो खबरहबलाई जानकारी दिए ।

छलफलमा संसदीय मामिला अध्ययन तथा कानुनी विषयमा संसद समन्वय बोर्ड बनाउने निर्णय समेत गरिएको उनले बताए । ‘संसदीय मामिला अध्ययन तथा कानुनसँग सम्बन्धित रहेर संसद विषय विज्ञसहितको समन्वय बोर्ड गठन गर्नेबारे हामीले कार्यसम्पादन समितिलाई छलफल गरेर सुझाव पनि पठाएका छौँ, उनले भने । यसबारे कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउनने उनले बताए ।

दलको नेता चयनका लागि कांग्रेसले बिहीबार मतदाता नामावली सार्वजनिक गरेको दलको नेता चयनका लागि गठित निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए । ‘वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, ४–५ बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ,’ उनले भने ।

कार्यतालिका अघि बढाएपनि कांग्रेसले दलको नेता सहमतिमै टुंग्याउनेगरी छलफल गरिरहेको छ । तर सहमति नजुटे भोलि निर्वाचन लगत्तै मतगणना गरेर नजिता घोषणा गर्ने तयारी छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् । तीमध्ये दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यको मुख्य चर्चा छ । प्रमुख प्रतिपक्षी दलका रुपमा कांग्रेसको प्रतिनिधित्व संवैधानिक परिषदमा समेत हुने प्रावधान छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ३ : ४३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल