निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि « Khabarhub

निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्म ३७ अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघुबिमा कम्पनीले ३७ अर्ब ५६ करोड ८९ लाख ४१ हजार व्यवसाय गरेका हुन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बिमकहरूले कुल २५ लाख ८४ हजार ६ सय ४९ बीमालेख जारी गरेका थिए ।

तथ्यांक अनुसार समीक्षा अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बिमा प्रिमियम शुल्क आर्जन गरेको छ । सो अवधिमा शिखर इन्स्योरेन्सले ४ अर्ब ८० करोड १२ लाख ९८ हजार रुपैयाँ बराबरको बिमा प्रिमियम शुल्क आम्दानी गरेको छ ।

त्यस्तै, सो अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ८३ करोड २३ लाख ६७ हजार, हिमालयन एभरेष्टले ३ अर्ब ७४ करोड ३० लाख ५२ हजार, सिद्धार्थ प्रिमियरले ३ अर्ब १२ करोड ९ लाख २८ हजार र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब १० करोड ३३ लाख ६७ हजार रुपैयाँ बिमा प्रिमियम शुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

साथै, सो अवधिमा एनएलजीले ३ अर्ब १ करोड ५ लाख ८७ हजार, नेकोले २ अर्ब ७२ करोड ९१ लाख १ हजार, युनाइटेड अजोडले २ अर्ब ५६ करोड ४६ लाख ६७ हजार, ओरिएन्टलले २ अर्ब ४२ करोड ६८ लाख २ हजार, सानिमा जिआईसीले २ अर्ब ८ करोड १९ लाख ८५ हजार, नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड ८६ लाख ९४ हजार, प्रभुले १ अर्ब ३६ करोड ८१ लाख ७२ हजार, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड ९७ लाख २ हजार र नेसनलले ९८ करोड १२ लाख ९३ हजार रुपैयाँ बिमा प्रिमियम शुल्क आर्जन गरे ।

सञ्चालनमा रहेका लघुबिमा कम्पनीहरूले समीक्षा अवधिमा ३ लाख ७४ हजार ६ सय ६३ वटा बीमालेख जारी गरेका थिए । सो बिमालेखबाट ती कम्पनीले ९८ करोड ६९ लाख २७ हजार रुपैयाँ प्रिमियम संकलन गरेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा लघु बिमा कम्पनीमध्ये प्रोटेक्टिभ माइक्रोले २७ करोड ८२ लाख ८८ हजार, नेपाल माइक्रोले २४ करोड ८९ लाख ३० हजार, स्टार माइक्रोले २३ करोड २७ हजार र ट्रस्ट माइक्रोले २२ करोड ९६ लाख ८३ हजार बिमा प्रिमियम शुल्क आर्जन गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ५ : ०८ बजे

आइपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का

कामठाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत ३३औं खेलमा मुम्बई इन्डियन्स

इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब

सिरहामा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

सिरहा – यहाँको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज

रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका