सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध « Khabarhub

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन भत्किएको मौका छोपेर अन्य स्थानमा व्यापार–व्यवसाय गर्दै आएका व्यवसायीसँग अनावश्यक घरभाडा वृद्धि नगर्न अनुरोध गरेको छ । 

गत आइतबार डिभिजन सडक हेटौँडाले यहाँको गण्डकचोकदेखि मितेरीपुलसम्मको मुख्य सडक अतिक्रमित गरेर बनाइएका घरटहरा भत्काएको थियो । मुख्य सडकका संरचना भत्काएपछि भित्रीसडकमा रहेका घर तथा संरचनाको भाडा एक्कासि बढेको जनगुनासो आइरहेकाले महानगरको ध्यानाकर्षण भएको जनाएको छ ।

वीरगञ्ज महानगर राजस्व व्यवस्थापन महाशाखाले सार्वजनिक सूचना जारी गरेर महानगरभित्र पर्ने त्रिभुवन राजपथ विस्तारका क्रममा मुख्य सडकको घर भत्किएको मौका छोपेर अन्य स्थानका घरधनीहरूले सम्झौताबमोजिम बहालमा बसिरहेका व्यवसायीसँग अत्यधिक भाडा बढाउन दबाब दिने, बढी भाडा पाइने लोभमा सम्झौताअगावै हटाउन खोज्ने, अनधिकृत रूपमा धरौटी माग गर्ने लगायतको गुनासो आएकाले सो नगर्नका लागि सचेत गराएको छ । 

महानगर राजस्व व्यवस्थापन महाशाखा प्रमुख मनोजकुमार कर्णले घर, कोठा, सटर र गोदाम आदि बहालमा लेनदेन गर्दा दुवै पक्षबीच दबाबरहित र यथार्थ भाडादर तय गरी गराई सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराएर आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको बताए। 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ४ : ५१ बजे

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता