बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प « Khabarhub

बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट गर्भवती महिलाहरु बच्चा जन्माउनकै लागि अमेरिका आउने गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा जन्मसिद्ध नागरिकताको विपक्षमा लामो विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले बच्चालाई अमेरिकी नागरिकता दिनकै लागि नौ महिनाको गर्भवती हुँदा मान्छेहरु अमेरिका आउने गरेको बताएका हुन् ।

यसरी जन्मेको बच्चा स्वतः अमेरिकी नागरिक हुने र उनीहरुले भारत, चीन वा कुनै ‘नर्कजस्तो’ (हेलहोल) देशबाट पूरै परिवार नै ल्याउने गरेको उनको भनाइ छ । उनले यस्तो हुँदा अमेरिकामा अङ्ग्रेजी भाषा नै बोल्न छाडिएको र आप्रवासी वर्गमा अमेरिकाप्रति राष्ट्रभक्तिको भाव समेत नहुने उनको भनाइ छ ।

उनले ती आप्रवासीहरु युरोपेली मूलका अमेरिकी र उनीहरुको पुर्खाजस्तो नहुने बताएका छन् । आइरिश, पोलिश, लिथुएनियन, रोमानियन, रुसीहरु अमेरिकी समाजमा घुलमिल भएपनि नयाँ आप्रवासीहरु त्यसो हुन नसकेको उनको दाबी छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ५ : ०५ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान