बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प « Khabarhub

बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट गर्भवती महिलाहरु बच्चा जन्माउनकै लागि अमेरिका आउने गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा जन्मसिद्ध नागरिकताको विपक्षमा लामो विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले बच्चालाई अमेरिकी नागरिकता दिनकै लागि नौ महिनाको गर्भवती हुँदा मान्छेहरु अमेरिका आउने गरेको बताएका हुन् ।

यसरी जन्मेको बच्चा स्वतः अमेरिकी नागरिक हुने र उनीहरुले भारत, चीन वा कुनै ‘नर्कजस्तो’ (हेलहोल) देशबाट पूरै परिवार नै ल्याउने गरेको उनको भनाइ छ । उनले यस्तो हुँदा अमेरिकामा अङ्ग्रेजी भाषा नै बोल्न छाडिएको र आप्रवासी वर्गमा अमेरिकाप्रति राष्ट्रभक्तिको भाव समेत नहुने उनको भनाइ छ ।

उनले ती आप्रवासीहरु युरोपेली मूलका अमेरिकी र उनीहरुको पुर्खाजस्तो नहुने बताएका छन् । आइरिश, पोलिश, लिथुएनियन, रोमानियन, रुसीहरु अमेरिकी समाजमा घुलमिल भएपनि नयाँ आप्रवासीहरु त्यसो हुन नसकेको उनको दाबी छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ५ : ०५ बजे

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल