गोरखा सङ्ग्रहालय : एक लाख बढी पर्यटकले गरे अवलोकन « Khabarhub

गोरखा सङ्ग्रहालय : एक लाख बढी पर्यटकले गरे अवलोकन


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा– गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

नेपाल एकीकरणको उद्गम थलोका रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकको सङ्ख्या बर्सेनी बढ्दै गएको सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिए । गत वर्ष ३० लाख ४५ हजार राजस्व संकलन भएको उनले बताए। 

‘सङ्ग्रहालयको बनोट, यहाँ भएका विषयवस्तु, शाह वंशको इतिहास, नेपाल एकीकरण लगायतका बारेमा अध्ययन गर्न आउने गरेका छन्,’  प्रमुख कार्कीले भने। गत वर्ष सङ्ग्रहालय अवलोकन गर्न ४४ हजार ७० विद्यार्थी यहाँ आएका थिए । सङ्ग्रहालय घुम्न आउने आमनागरिकको सङ्ख्या भने ८७ हजार २१९ रहेको थियो । 

प्रमुख कार्कीका अनुसार यहाँ घुम्न आउनेमा सार्क राष्ट्रका १६० र अन्य विदेशी मुलुकका दुई हजार ५४२ जना रहेका छन् । बर्सेनि यहाँ विद्यार्थीसँगै पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

सङ्ग्रहालय अवलोकनवापत विद्यार्थीले १०, अन्य नेपाली नागरिकले २५, सार्क राष्ट्रका नागरिकले ५० र अन्य देशका नागरिकले १०० शुल्क तिर्नुपर्छ । सङ्ग्रहालय साताको सबै दिन खुल्ने व्यवस्था गरिएको प्रमुख कार्कीले जानकारी दिए । 
 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ७ : ४९ बजे

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल