हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही « Khabarhub

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’ मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ ।

साथै, यस घटनामा कुनै पनि इजरायली सैनिक घाइते भएको खबर नआएको पनि सेनाले जनाएको छ । अर्को एक सन्देशमा, इजरायली सेनाले आसन्न आक्रमणअघि नै अरब सलिमका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न चेतावनी दिएको छ । “तपाईंहरू हिजबुल्लाह आतङ्कवादी सङ्गठनको एउटा अखडा वा संरचना नजिक हुनुहुन्छ, जसका विरुद्ध आईडीएफले कारबाही अघि बढाउँदैछ”, सेनाले टेलिग्राममा अरबी भाषामा लेखेको छ ।

इरान–समर्थित हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान मध्यपूर्वको द्वन्द्वमा तानिएको थियो । त्यसको जवाफमा इजरायलले हवाई आक्रमण र स्थलगत कारबाही गरेको थियो, जसमा चार हजार ३०० भन्दा बढी मानिसको ज्यान गएको लेबनानको दाबी छ ।

जुन महिनामा व्यापक द्वन्द्वका विषयमा अमेरिका र इरानबीच भएको समझदारी तथा सोही महिनाको अन्त्यतिर इजरायल र लेबनानबीच भएको ढाँचागत सम्झौता पछि हिंसाका घटनामा केही कमी आएको छ । इजरायली सेनाले सीमा क्षेत्रबाट लेबनानभित्र करिब १० किलोमिटर (छ माइल) को गहिराइसम्म फैलिएको स्वघोषित सुरक्षा क्षेत्र भित्र कारबाही गरिरहेको छ । 3

लेबनानका अधिकारीहरूले शनिबार बताएअनुसार इजरायली आक्रमणमा परी देशको दक्षिणी र पूर्वी भागमा चार जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ४ : २५ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा